---Advertisement---

दक्षिण कोरियामा प्रथम म्याग्दी पालीकास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

On: April 5, 2026 8:52 PM
Follow Us:

दक्षिण कोरियामा रहेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजनामा म्याग्दी पालीकास्तरीय तथा खेलाडी छनोट भलिबल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।

दक्षिण कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा सहभागी हुने मोना म्याग्दीको खेलाडी छनौट मुख्य उद्धेश्यका साथ कोरियाको फ्यङ्थेक क्षेत्रमा आयोजित उक्त प्रतियोगितामा म्याग्दी जिल्लाका ५ वटा पालिकाबाट प्रतिनिधित्व गर्ने गरी जम्मा ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र उत्साहजनक बनेको थियो । प्रतियोगिताको उपाधि मंगला गाउँपालिकाले जित्न सफल भयो भने बेनी नगरपालिका निलो (डडुवा) टोली उपविजेतामा सीमित भयो।

प्रतियोगितामा प्रथम हुने टिमले ६ लाख वन नगदसहित ट्रफी र मेडल प्राप्त गरेको थियो भने द्वितीय हुने टिमले ३ लाख वन नगदसहित मेडल प्राप्त गरेको छ । साथै उत्कृष्ट खेलाडी मंगला गाउँपालिकाबाट अशोक ले ५० हजार वन नगद प्राप्त गरेका थिए । कार्यक्रममा भलिबलसँगै बिभिन्न नेपाली परिकारहरु पनि राखिएको थियो । फोटो : प्रभा गुरुङ, गोविन्द बानियाँ ।

ग ब न द ब न य ,दक ष ण क र य

Leave a Comment