---Advertisement---

योजना आयोगको उपाध्यक्षमा भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

On: April 7, 2026 2:13 PM
Follow Us:

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उपाध्यक्ष बनाउने निर्णय गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।

यस्तै, बैठकले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा किरण पण्डितलाई नियुक्त गरेको छ। 

अर्को एक डेपुटी गभर्नरको पद भने अहिले रिक्त नै राखिएको रावलले बताइन्।

Leave a Comment