---Advertisement---

बागलुङमा नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन

On: April 8, 2026 9:05 PM
Follow Us:

नेपाली सेनाले भूतपूर्व सैनिकको २३ वाहिनी अड्डा, बागलुङमा उपसम्मेलन उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ ।

श्री नं. २३ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी अर्जुन खड्काको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरी कार्यक्रमको विधिवत रुपमा उद्घाटन भएको उपसम्मेलनमा सहिदहरुको सम्झना तथा कल्याणकारी बोर्डका कार्यकारी अध्यक्ष उपरथी हिरालाल जोशी (अ.प्रा.) बाट स्वागत मन्तव्य र प्रधानसेनापति महारथी श्री अशोक राज सिग्देलले भर्चुलमाध्यमबाट सम्बोधन गर्नुभएको थियो ।


उपसम्मेलनमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ्ग जिल्लामा बसोबास गर्ने करिब १३ सय जना भू.पू. सैनिक तथा एकल महिलाहरुको सहभागिता रहेको थियो । “भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन“भन्ने मुल नाराका साथ“भूतपूर्व सैनिक सम्मेलनमा सहभागी अवकाश प्राप्त भूतपूर्व सैनिकलाई देशको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय गौरवको रक्षामा आफ्नो जीवनको अमूल्य समय दिन पाएकोमा गर्ब लागेको प्रतिक्रिया दिएका थिए । सम्मेलनमा नेपाली सेनाको गौरव, विगत वर्तमान र भूतपूर्व सैनिकहरुको बारेमा चर्चा गरिएको थियो।


भू.पू. सैनिक तथा एकल महिलाहरुको उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रम प्रतिकुल मौसमका बाबजुद पनि श्री नं.२३ वाहिनी अड्डाको उत्कृष्ट व्यवस्थापन र विविध सांस्कृतिक कार्यक्रम तथा पञ्चेबाजाको प्रस्तुती सहित कार्यक्रम समापन भएको म्याग्दीमा रहेको नेपाली सेनाको गुरू गोरख गुल्मका गुल्मपति सेनानी राकेश बस्नेतले जानकारी दिनुभयो ।


नेपाली सेनाको बार्षिक योजना अन्तर्गत २०८२ सालमा लुम्विनी, गण्डकी, मधेश र बागमती प्रदेशका भू.पू. तथा एकल महिलाहरुको सहभागितामा“भूतपूर्व सैनिक सम्मेलन २०८२”सञ्चालन गर्ने योजना बमोजिम गण्डकी प्रदेशको पश्चिम पृतनाअन्तर्गत श्री नं. ३ वाहिनी अड्डा, खैरेनीटार, तनहुँ मुख्य सम्मेलन भएको थियो । भूतपूर्व सैनिक, एकल महिलाले भूतपूर्व सैनिक सम्मेलनलाई निकै प्राथमिकता दिने गरेका छन् ।

Leave a Comment