प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद रुवि कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरस्वती लामाको उम्मेदवारी परेको छ।
लामाको समर्थकमा ज्ञानबहादुर शाही र ठाकुरको समर्थकमा आरेन राई रहेका संसद् सचिवालयले जानकारी दिएको छ ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीका अनुसार समानुपातिक तर्फबाट सांसद लामालाई उम्मेदवार बनाइएको हो। उनलाई रास्वपाले पनि समर्थन गरेको शाहीकाे दाबी छ।
तर रास्वपाका प्रवक्ता मनिष झाले भने श्रम संस्कृतिका ठाकुरलाई रास्वपाको समर्थन रहने सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ।












