स्वदेश तथा विदेशका ठुला अस्पतालमा प्याथोलोजी र आयूर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर अन्तिम विकल्पको रुपमा प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ । विभिन्न अस्पतालमा गरेको उपचारपछि दैनिक तातोपानी कुण्डमा स्नान गर्न जानेको भिड लाग्ने गरेको छ
तातोपानीमा लौरो, आफन्तले बोकेर र ह्विलचियरमा कुण्डसम्म पुगेर विहान ५ बजेदेखि साँझ ६ बजेसम्म स्नान गर्ने बिरामी दिनप्रति दिन बढीरहेको तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । अध्यक्ष खड्काका अनुसार बिहिबार ११ सय महिला बिरामी र ४ सय पुरुषले स्नान गरेका छन्। न्यूनतम ५ देखि १५ दिनसम्म स्नान बिरामीको चाप बढेपछि महिला र पुरुषलाई कार्यतालिका बनाएर स्नान गर्ने ब्यवस्था मिलाइएको छ ।
तातोपानीमा बिरामीको चाप बढेपछि उपल्लो बजार क्षेत्रमा समेत कुण्ड विस्तार गरिएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग,ढाड दुख्ने,छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, नसाको समस्या भएका बिरामीहरू धेरै कुण्डमा भेटिएका छन् । तातोपानीमा नुहाउने महिला र पुरुषका लागि नुहाउन छुट्टाछुट्टै समयतालिका बनाइएको छ । शरीरभरि फैलिएको घाउ, छाला पट्पटी फुटेर डरलाग्दो अवस्था, सडक दुर्घटनामा गम्भीर घाईते तथा चिकित्सककै सुझावमा कुण्डमा आउने विरामीको अनुभवले पनि कुण्डले धेरै विरामीको परिवारका खुसी थपेको छ ।
तातोपानी कुण्डमा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, चितवन, रुपन्देही, काठमाडौंलगायत देशका अधिकांश जिल्लाहरुबाट बिरामी, सर्वसाधारण र पर्यटकहरुका साथै भारतको सिक्कीम र दार्जलिङबाट समेत हरेक बर्ष आउने गरेकोमा ५० प्रतिशत बागलुङ जिल्लाबाट मात्रै आउने गरेको बताउँदै देशका विभिन्न जिल्लाका साथै भारतबको सिक्किमबाट समेत नियमित बिरामी आउँछन् ।
वीरेनून र गन्ध (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । कुण्ड बाहेक पर्यटकलाई सहज हुने गरी बाहिर थप दुईवटा कुण्ड छन् । तातोपानी कुण्डले अहिले सानाठुला होटलमा थपिएको छ ।तातोपानी कुण्डमा नुहाउन समितिमार्फत एक हप्ताका लागि तीनसय ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ।

बिरामीको पनि चाप बढेको र कुण्डमा डुब्ने समय पनि २ घण्टाका दरले बढाइएको छ । तातोपानी कुण्डबाट टिकटवापत प्राप्त हुने आम्दानीको केही प्रतिशत रकम स्थानीय सरस्वती माध्यमिक विद्यालयमा अध्यापनरत निजी शिक्षकहरुको तलव भत्तामा सहयोग गर्ने गरिएको छ । यसैगरी बेनी नगरपालिकालाई वार्षिक रुपमा ३५ प्रतिशतका दरले कुण्डले राजश्व तिर्ने गरेको छ भने १३ प्रतिशत राजश्व नेपाल सरकारलाई आन्तरिक राजश्व कार्यालयमार्फत भुक्तानी हुन्छ । कुण्ड परिसरमा आवश्यक भौतिक संरचनाहरु पनि कुण्डकै लगानीबाट विस्तार गरिएका छन् ।













