म्याग्दी जिल्लालाई चिनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले आयोजना गरेको दोस्रो म्याग्दी मोना ईताबासी नेपाल फेस्टिवल भब्य रुपमा उद्घाटन भएको छ । शनिबार र आइतबार दुई दिनसम्म हुने फेस्टिबलको जापानका लागि नेपाली कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले उद्घाटन गदै जापानमा रहेका म्याग्देलीले जन्मभूमीलाई कर्मभूमीमा चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै प्रशसा ब्यक्त गर्नुभएको थियो ।

विशिष्ट अतिथि मोना अन्तराष्ट्रियका अध्यक्ष मिम पूर्जाले विश्वभर रहेका म्याग्देलीको एकता र सहकार्यका लागि मोना स्थापना भएकाले कर्मभूमीको सीपलाई जन्मभूमीमा समेत प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । विश्वम जहाँ म्याग्देली पुगेको छन् त्यहाँ मोनाको सञ्जाल विस्तारको योजना समेत रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा मोना अन्तराष्ट्रि«यका निर्वतमान अध्यक्ष एवम् एनआरएनए आइसीसीका उपाध्यक्ष ददीवल खड्का, दाइतोउ विश्वविद्यालयका प्रोफेसर जिम्बु यासुहिचा, कार्यक्रम साझेदार नविन निउरे, एनआरएनए आइसीसीका उपाध्यक्ष रविन शेरचन, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष टिका छन्त्यालको स्वागत, फेस्टिबल गर्नुको उदेश्यका बारेमा कार्यक्रम संयोजक ज्ञानेन्द्र कार्की र महासचिव सुरेश पुनको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो ।

उद्घाटन समारोहमा लोकप्रिय कलाकार रवि कार्की सहित जापानका विभिन्न भेषभुषा, पञ्चेबाजा सहित स्वागत गरिएको थियो । दुई दिने फेस्टिवलमा करिब १५ हजार दर्शकको सहभागिता रहने र ५० देखि ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार अनुमान गरिएको छ ।
तस्वीर सौजन्य : जापानसमाचार























