---Advertisement---

गण्डकी प्रदेश निर्माण व्यवसायी संघको उपाध्यक्षमा म्याग्दीका गोपाल भट्टचन

On: April 12, 2026 8:17 PM
Follow Us:

गण्डकी प्रदेश निर्माण व्यवसायी संघ पोखराको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले संघबाट निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचन उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पोखरामा यही चैत २७ र २८ गते भएको अधिवेशनले पुनः टंकराज बरालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । संघको निर्वतमान अध्यक्षमा ओमप्रसाद गौचन, उपाध्यक्षहरुमा बाबुराम श्रेष्ठ, उपाध्यक्ष रत्नकुमार श्रेष्ठ निर्वाचित हुनुभयो । यसैगरी महासचिवमा कृष्ण प्रसाद लम्साल, सचिवमा दामोदर घिमिरे र कोषराज कार्की, कोषाध्यक्षमा दीपेन्द्र राज आचार्य र सहकोषाध्यक्षमा रोशन केसी चयन हुनुभयो ।


यसैगरी सदस्यहरुमा भीमबहादुर राना, सूर्यनारायण बराल, बलबहादुर राना, कृष्ण प्रसाद पोखरेल,विनोद भण्डारी, सुरेश खवास, दलबहादुर श्रीस राना, नरबहादुर गुरुङ, विरेन्द्र श्रेष्ठ, अपना खनाल र बन्दना कार्की रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष बरालले निर्माण व्यवसाय अहिले मुल्यवृद्धिको कारण समस्या परेकाले व्यवसायीले काम गर्न नसक्ने अवस्था रहेको बताउनुभयो । निर्माण ब्यवसायी संघले निर्माण क्षेत्रमा इन्धन संकटको समस्या रहेकाले समाधानका लागि समेत सरकारको ध्यानकर्षण गराएको छ ।

Leave a Comment