शान्ति समाजमा पौडेल

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको सत्रौ साधारणसभा तथा दसौ अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । शाखाको उपसभापतिमा सन्तोष गौतम, सचिवमा हरिप्रसाद पौडेल, कोषाध्यक्षमा मुकुन्दप्रसाद पौडेल र सहसचिवमा भिमकुमारी बानिया चयन हुनुभएको छ ।

सदस्यहरुमा नवराज रिजाल, सन्तोष ढुङ्गाना, बिष्णुप्रसाद आचार्य, विज्ञान सुवेदी, निरमाया मिजार, विनोदकुमार श्रेष्ठ, हरि गिरी र सुर्यबहादुर तिलीजा रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले संबिधानमा भएका नागरिक अधिकारका व्यवस्थाको कार्यान्वयनका लागि अधिकारकर्मीले सक्रियता देखाउनुपर्ने बताउनुभयो ।समाजका पूर्व बरिष्ठ उपसभापति रामजीप्रसाद सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, नागरिक समाजका संयोजक सुर्दशनकुमार श्रेष्ठले राज्य मानवअधिकारप्रति अनुदार देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

समाजका पूर्व सभापति सञ्जयकुमार श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुवेदी, नेपाल बार एशोसीयसनका प्रतिनिधि इश्वर गिरी, म्याग्दी जेसीजका उपाध्यक्ष बिरेन्द्र श्रेष्ठ र आजिवन सदस्यको तर्फबाट सुर्य तिलिजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Previous articleजहाँ सुत्केरी त्यहाँ स्वास्थ्यकर्मी’ कार्यक्रम ल्याएका छौँ : नरदेवी पुन
Next articleयस्ता छन, घ्युकुमारीको जुस पिउदा हुने फाईदा