अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मंगोल नेशनल अर्गनाइजेशनले म्याग्दीका सबै स्थानीय तहमा उम्मेदवारी दिने

On: March 27, 2022 7:38 PM
Follow Us:
---Advertisement---

मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा छ वटै स्थानीय तहमा उमेद्वार खडा गरेर चुनावमा जाने निर्णय गरेको छ ।

बेनी नगरपालिका–७, बिरेन्द्रचोकमा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले सबै स्थानीय तहको संयोजक तोक्दै निर्वाचनको चुनावी आमसभा सहितको अभियानमा लाग्ने निर्णय गरेको जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन) ले बताउनुभयो ।

‘यसपटक हामी एजेण्डा सहित जनताको माझमा जान्छौ,‘पालिकाको उम्मेदवार निश्चित भएको छ, वडाहरूका लागि पालिकाको टिमले निर्णय गर्नेछ’ अध्यक्ष पुनले भन्नुभयो। उहाँले ४५ वटै वडामा उम्मेदवारी दिने नदिने निर्णय नभएपनि बेनी नगरपालिकामा मेयर, उपमेयर तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दिने बताउनुभयो ।

यसैबीच स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकामा समेत जिम्मेबारी तोकेको छ । बेनी नगरपालिकामा दिपक पुन, मंगला गाउँपालिका ओमराज मगर, मालिका गाउँपालिका खमबहादुर रोका, रघुगंगा गाउँपालिका तुलप्रसाद गर्बुजा, धवलागिरी गाउँपालिका डेकबहादुर पुन (डिके पुन) र अन्नपुर्ण गाउँपालिका रामबहादुर गर्बुजालाई चुनावी अभियानको संयोजक तोकेको छ ।

चुनावी सभासँगै स्थानीय तहको निर्वाचनमा उमेद्वार छनौट समेत गरिने अध्यक्ष डिके पुनले बताउनुभयो । मंगोल नेशनल अर्गनाइजेशनको जिल्लाका अन्य क्रियाशिल राजनीतिक दलसँग एजेण्डा नै नमिल्ने भएकाले चुनावी तालमेलको सम्भावना न्यून रहेको छ।