हर्के गधा…(फुटकर कविता)

प्रिय, हर्के दाइ तिमी, गोरु हौ, गधा हौ तिमी, देशका लागि गोरुभन्दा बढी जोतिएका छौ गधाभन्दा बढी खटिएका छौ हात्तीको गतिमा लम्किएका छौ

देशको अन्धकार हटाउन तारा जस्तै गरि चम्किएका छौ ।

हर्के दाइ,

तिमी, सयौं मेयरभन्दा पृथक छौ

अन्य मेयरका अघिपछि कार्यकर्ता बिना काम भौँतारिरहेका छन् तिम्रा अघिपछि श्रम गर्न पर्जा श्रम गरिरहेका छन् ।

यहाँ,

मेयर सापहरु काम नगरी थकित छन् तिमी पसिना बगाउँदा पनि थाकेका छैनौं तिम्रो लगाबदेखि दुनियाँ चकित छन् असल नेता पाएकामा धराने हर्षित छन् ।

मेयरसापहरु,

घुमाउने कुर्चिमा चारै दिशा घुमेका छन् तिमी बाटो, पुल बनाउन लागेका छौ अरु भएको वन कमिसनमा कटाउँछन तिमी बिरुवा रोपी हरियाली बनाउछौ ।

तिमीले ल्याएको पानी निश्चल छ त्यो पानीमा पर्जाको पसिना छ कैयौं मेयरसापले ल्याएको पानी, खल्लो लाग्छ, प्यास मेट्दैन ती पानीमा भ्रष्टाचारको थोपा थोपा छन् ।

मेयरसापहरु, पार्टीको झण्डा ओडेका छन् तिमी देशको झण्डामा अटाएका छौ ।

त्यसैले हर्के दाइ मौरी हौ कैयौं मेयरसाप भमरा जस्तो लाग्छ तिम्रो काम देख्दा,

सच्चा नेपालीको मुटुभरी देशभत्तिको भाव जाग्छ ।

हेर्के दाइ,

आफ्नो ख्याल राख ल, यो देश, मदन भण्डारी अकालमा मर्नु परेको गणेशमानले अपमानित हुनु परेको वीरेन्द्रले वंशनास सहनु परेको देश हो ।

Previous articleकङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ
Next article‘पूर्वाधार र यातायातमा महशुस हुने गरि सुधार हुन्छ’-मन्त्री जुग्जाली
मनकुमार जुग्जाली मगर
(मंगला-१, भर्जुला, म्याग्दी)