---Advertisement---

बेनी सामुदायिक माविका हिमाल आचार्य धौलागिरीमै सर्बोकृष्ट

On: August 18, 2023 6:28 PM
Follow Us:

राष्ट्रिय परीक्षा बोर्डबाट लिएको कक्षा १२ को परीक्षामा म्याग्दीको बेनी सामुदायिक माविका हिमाल आचार्य व्यवस्थापन समुहबाट ३.६६ जिपिए प्राप्त गरी सामुदायिक तथा संस्थागत विद्यालय तर्फ धौलागिरी क्षेत्रका चार जिल्लामै सर्बोकृष्ट (प्रथम) भएका छन् ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकम घर भएका आचार्यले साविकको धवलागिरी अञ्चल भित्रका चार जिल्लामा सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।‘गण्डकी प्रदेशमा उत्कृष्ट भित्रको नतिजा आएको छ,‘विद्यालयको सम्रग नतिजा राम्रो छ’प्रअ श्रेष्ठले भने । उनका अनुसार १४ जना विद्यार्थीले ३ जिपिए माथिको नतिजा ल्याएको बताए ।

विद्यार्थीले सजिलो भनिएको विषयमा ध्यान नदिदाँ ग्रेड वृद्धिमा सहभागी हुनुअवस्था आएको समेत प्रअ श्रेष्ठको भनाई छ। विद्यालयबाट कुल १ सय ६१ जनामा विद्यार्थी परीक्षामा सहभागी भएकोमा ८७ जना विद्यार्थीहरु ग्रेड वृद्धि गर्न नपर्ने गरी उत्तिर्ण हुन सफल भएको विद्यालयले जनाएको छ ।