अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु

On: December 20, 2023 8:25 PM
Follow Us:
---Advertisement---

बागलुङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । नेपालकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो ।

बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो । थापा पुलबाट १३८ मिटर तल कालीमा खसेको उहाँ बताउनुहुन्छ ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइ सकेको प्रहरी निरीक्षक केसीको भनाइ।