वैदेशिक रोजगारका सिलसिलामा अमेरीकामा रहेका म्याग्देलीहरुले आन्द्राको रोगबाट पीडित एक पुरुषलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँका ३८ वर्षीय पूर्वराज घर्ती मगरलाई उपचारका लागि अमेरिकामा रहनुभएका समाजसेवीद्वय बिरेन्द्र किसान र दिनेश पुनको पहलमा संकलित दुई लाख ५० हजार ६८१ रुपैयाँ आर्थिक सहयोग गरिएको किसानले जानकारी दिनुभयो ।
उक्त रकम आइतबार बिरामीको घरमै पुगेर एक कार्यक्रमका बीच पत्रकार धनिलाल गर्बुजाले घर्ती मगर र उहाँको परिवारलाई हस्तान्तरण गर्नुभयो। सहयोग रकम ग्रहण गर्दै घर्ती मगरले सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफ्नो रोग जतिल र खर्चिलोे भएकोले थप उपचारका लागि देशबिदेशमा रहेका विभिन्न संघसंस्था लगायत सम्पूर्णलाई आर्थिक सहयोग गर्न अपिल समेत गर्नुभएको छ ।
बेनी नगरपालिका–७ ,मंगलघाटमा अस्थायी रूपमा भाडामा बस्दै आउनुभएका घर्ती विगत तीन महिना अगाडी बैदेशिक रोजगारीका लागि युएई पुगे लगत्तै कार्य क्षेत्रमा प्रवेश गर्न नपाउँदै पेटमा समस्या आएपछी युएई स्थित SSMC अस्पतालमा २ महिना उपचार पश्चात नेपाल आएको उहाँले जानकारी दिनुभयो “Intestine Obetration” रोगबाट ग्रसित घर्ती मगर हाल पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ ।
उहाँको आन्द्रामा प्वाल परेको र दिशामा समस्या भएकोले पेट बाहिर किड ब्याकमा राखिएको छ । युएईको अस्पतालमा उपचार गरेको रिपोर्ट नभएकोले सुरुबाटै चेक जाँच गरेर रिपोर्ट आएपछि मात्रै आन्द्रा भित्र राख्न मिल्ने वा नमिल्ने थाहा हुने अस्पतालले जनाएको छ ।
दुख पीडामा परेको खबर प्राप्त हुनासाथ अमेरकिामा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले पीडितहरुलाई सहयोग गर्न सकिएको समाजसेवी दिनेश पुनले बताउनुभयो । समाजसेवीद्वय किसान र पुनले आफुहरुको पहलमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्तगर्नुभएको छ ।
पछिल्लो समय भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथै म्याग्दीको शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएका छन् ।
सहयोग गर्न इच्छुक सहयोगीहरुले निम्न ठेगनामा सम्पर्क गरी सहयोग गर्न सक्नुहुने छ ।
Purba Raj Gharti Magar
A/c 04807010059997
Global IME Bank , मोबाइल नम्बर 9866350563