हिमपहिरोमा पूरिएका घोडाखच्चडको क्षतीपूर्ती पाएनन्

0
37

मुस्ताङको घरपझोङ गाउँपालिका–२,मार्फाका खच्चड ब्यवसायी माइकल परियार धौलागिरि हिमालको आधार शिविरमा घोडा र खच्चड मरेको क्षतिपूर्तिको पखाईमा बसेको तीन बर्ष वित्यो ।

बि.स २०७९ साल भदौ महिनामा आरोही र पर्यटकका सामग्री लिएर आधार शिविरमा पुगेको अवस्था गएको असोज १७ गते हिउँले पुरिएर सँगै गएका ४५ घोडा, खच्चड मरेका थिए । ब्यवसायी परियारको ३० लाखभन्दा बढीको क्षती भएपनि अहिलेसम्म क्षतीपूर्ति पाउनु्भएको छैन ।

घरपझोङ–२,मार्फाकै अर्का ब्यवसायी बुद्धिबहादुर परियारले १५ वटा खच्चड बेसक्याम्पमै हिमपहिरोमा परी मरेको क्षतिपूर्तीको आश्वासनमात्रै पाएको बताउनुभयो ।

File photo

थमसेर्कु ट्रेकिङ कम्पनी र साङ्ग्रिला ट्रेकिङ कम्पनीले आरोही सहितको टोलीका सामान ढुवानी गर्न आधार क्षेत्रमा पुगेका घोडाखच्चड हिमपहिरोमा परेपछि क्षती अनुसारको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि पूरा नभएको खच्चड ब्यवसायी माइकल परियारले बताउनुभयो ।

परियार भन्नुहुन्छ,‘‘खोडाखच्चड मरेको क्षर्तीपूर्ती माग्दामाग्दै थाकिसके ।’’ खच्चड र घोडालाई बेसक्याम्पमै छोडेर आउनुभएका ब्यवसायीद्धय परियारले ऋण खोजेर ब्यवसायलाई निरन्तरता दिएपनि क्षती अनुसारको राहतका लाागि निरन्तर दबाब दिइरहेको बताउनुभयो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–४,मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमालमा हिमपहिरोमा ६० घोडाखच्चड मरेपनि दुईवटा २ महिनासम्म जिवित रहेपनि आहारा नहुदाँ मरेको पर्यटन पदप्रर्दशक इन्द्रसिंह शेरचनले बताउनुभयो । बेसक्याम्पमा समाना ढुवानीको क्रममा मर्ने घोडाखच्चड धनीलाई अन्य टे«किङ कम्पनीले राहत दिन आनाकानी गर्ने गरेको गुनासो आउने गरेपनि सरकारी निकायबाट बेवास्ता गर्ने गरेको पाइन्छ ।

सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धौलागिरि चुचुरामा आरोहण गरेपछि हालसम्म आरोहणको ६५ वर्षमा ६ सय ८० जना भन्दा बढीले धौलागिरि चुचुरो टेकिसकेको र आरोहण क्रममा ९० जना भन्दा बढीले ज्यान गुमाइसकेको छन् । आधार क्षेत्रमा आरोहीको सामान पु¥याउने भरपर्दो माध्यम भनेकै घोडा र खच्चड हो ।