Tuesday, June 10, 2025
28.6 C
Beni
28.6 C
Beni
Tuesday, June 10, 2025
Home Blog Page 77

विपन्नलाई कृषि प्राविधिक पढाउन गाउँलेले जुटाए १ करोड ७६ लाख

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा स्थानीयबासीले १ करोड ७६ लाख भन्दा बढी संकलन भएको छ ।

शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी सुरू गरिएको अभियानमा गाउँका अति विपन्न देखि विदेशमा रहेकाहरूबाट १ करोड ७६ लाख ५१ हजार संकलन भएको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो ।

‘केहीले खाद्यान्न बेचेर पनि सहयोग गनुर््भएको छ,अब प्राविधिक शिक्षा पनि निःशुल्क हुन्छ’ प्राचार्य गर्बुजाले भन्नुभयो।
गत कात्तिक १२ गतेबाट सुरु भएको अभियान फागुनको १३ गते समापन गरिने प्राचार्य गर्बुजाको भनाई छ ।

हालसम्म न्युनतम १ सय रुपैयाँदेखि धेरै रकम सहयोग गर्नुहुनेमा अमेरिकामा बस्नुहुने बिम गाउँका बिजय जुग्जालीले ११ लाख ११ हजार १११ रुपिँया, हङकङमा रहनुभएका दल शेरबुजाबाट ६ लाख रुपैयाँ, अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जाली र दल जुग्जालीबाट ५ लाख ५५ हजार ५५५ रुपैयाँ रहेको छ । बिम गाउँका ३ सय घरधुरीले नै यो अभियानमा सहयोग गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका बिमबासीको प्रयासले गाउँलेको एकता र सहकार्यलाई झल्काएको किसानी सञ्जीवनी अक्षयकोषका संयोजक कृष्ण जुग्जालीले बताउनुभयो ।

‘आर्थिक हैसियत अनुसार सहयोग गर्नुभएको छ, अब हामीले बिम गाउँमा प्राविधिक शिक्षालाई निःशुल्क शिक्षाका लागि सबैतिरबाट विद्यार्थीलाई आउन अनुरोध गछौं’ संयोजक जुग्जालीले भन्नुभयो । अभियानको घोषणा सहितको अभियान आगामी नयाँ बर्ष बैशाख १८ गते बिममा हुने संयोजक जुग्जालीले बताउनुभयो ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान,पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा बि.स २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो।

अहिले यहाँ २१ जिल्लाका १५० जना विद्यार्थी अध्ययनरत छन् । कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पढाइ हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्।

देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन्।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा बेच्ने समेत गरिएको छ। कृषि प्राविधिक शिक्षालयको स्थापना यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन्।

 

दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका-३ दानाका पाँच र वडा नं.–४ गाडपावरको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा ज्ञानप्रकाश माविका दुई सय ७३, सुवा आधारभूतका २४, जनकल्याण आधारभूतका पाँच, ज्योति आधारभूतका १४, सरस्वति आधारभूतका ३१ र गाडपारको नारच्याङ आधारभूतका ५२ जनालाई कापी, कलम र पेन्सील वितरण गरिएको हो।

नारच्याङ आधारभूतलाई पुर्जाले व्यक्तिगत रुपमा रु. ५० हजार हस्तान्तरण गर्नुभएको थियो । पुर्जा र बेलायती नागरिक जेम्स रोवन्सले गो फण्ड मार्फत सहयोग जुटाएर खरिद गरेको शैक्षिक सामग्री पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योति मण्डल मावि र बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयलाई पनि उपलब्ध गराउने कार्यक्रम छ ।

पुर्जा, सहयोगदाता नाईजर उडल र रिवेका उडलले ज्ञानप्रकाश माविमा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । छ वटै विद्यालयलाई एक÷एक वटा फुटबल, भलिबल र बास्केटबल पनि वितरण गरिएको थियो ।

सामग्री वितरण कार्यक्रममा पुर्जाले आफूहरु सानो छँदा कापी, कलमको अभावमा लेखपढ गर्न भएको स्मरण गर्दै विद्यार्थीहरुलाई पढाईमा प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

ज्ञानप्रकाश माविका सहायक प्रअ रेगुन खत्रीले सञ्चालन र दुर्गाप्रसाद स्मृति कोषका संस्थापक कृष्णप्रसाद तुलाचनले स्वागत गर्नुभएको कार्यक्रमा नारच्याङ आधारभूतका प्रअ सुकबहादुर गर्बुजाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जा, पुर्व वडा अध्यक्ष नरसिंह पुर्जा, व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जा, सदस्य बिना पुर्जा लगायतको उपस्थिति थियो ।

बेलायती सेनाका सेवानिवृत्त गोर्खा सैनिक पुर्जाले यसअघि आफुले अध्ययन गरेको ज्ञानप्रकाश माविलाई रु. दुई लाख २१ हजार एक सय ८०, अध्यापन गराएको काभ्रेको सरस्वति आधारभूत विद्यालयलाई रु. एक लाख, ज्योती आधारभूत विद्यालयलाई रु. ५० हजार र ठाडाको आमा समूहलाई रु. ५० हजार व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो । दुवाडी र ठाडाको विद्यालयलाई आगामी वर्ष सहयोग गर्ने उहाँले बताउनुभयो । यसपाली गाडपार र गलेश्वरको विद्यालयलाई आर्थिक सहयोग गर्ने उहाँले बताउनुभयो ।  

रघुगंगा गाउँपालिका ३ पिप्ले घर बताउने एक बालक टायर राख्ने ठाउँमा लुकेर काठमाडौं पुगे

म्याग्दी सदरमुकाम बेनीदेखि काठमाण्डौसम्म एक बालकले अत्यन्तै जोखिमपूर्ण तवरले बसको अतिरित्त टायर राख्ने ठाउँमा लुकेर यात्रा गरेका छन् ।

बेनी स्थित कालिपुलमा पार्किङ गरेर राखेको जलजला यातायात प्रालिको बसको मुनीबाट पसेर अतिरिक्त टायर राख्ने ठाउँमा बसेर म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्ले घर बताउने कृष नेपाली बेनीदेखि काठमाण्डौ पुगेका हुन् ।

आइतवार बेनीबाट छुटेको रात्रीबस सोमबार विहान काठमाण्डौ पुगेर गृज गर्ने क्रममा मिस्त्रिले टायरमा कुलेर बसेको बालक देखेपछि उनलाई अहिले स्थानीय प्रहरीको समन्वयमा सुरक्षित साथ राखिएको जलजला यातायात प्रा.लि.का सञ्चालक रामजी बोहोराले जानकारी दिए।

उनका अनुसार, सोधपुछको क्रममा बालकले काठमाण्डौ घुम्न मन लागेको र आफुसंग पैसा नभएपछि टायर राख्ने ठाउँमा लुकेको बताएका छन् । सोमबारको रात्रीबसमा बालकलाई पुनः बेनी ल्याउने गरी व्यवस्था गरिएकाले आफन्तलाई सम्पर्कमा आउन आग्रह गरिएका बोहोराले बताए ।

‘‘गाडी पार्किङ गरेर राखेको समयमा बालक एक्ट्रा टायर राख्ने ठाउँसम्म पुगेर लुकेका रहेछन, त्यो ठाउँ अत्यन्तै जोखिमपूर्ण हो, भाग्यबस कुनै अप्रिय घटना हुन पुगेन, आफ्ना बालबालिकाको अभिभावकहरुले राम्रोसंग हेरचाह नगर्दा बालबालिकाहरु बेसाहरा जस्तै हुने गरेका छन,’’– उनले भने बालकका आफन्तले ९८५७६८८५०० नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

तातोपानी कुण्डमा नुहाउने बिरामीको चाप बढ्यो

tftf]kfgLdf g'xfpFb} la/fdL DofUbLsf] tftf]kfgL s'08df g'xfpFb} pkrf/ ug{ cfPsf la/fdL . oxfF Ps xKtf;Dd b}lgs tLg 306f 8'a]df 5fnf tyf xf8 / g;f;DjGwL /f]u lgsf] x'g] hgljZjf; /x]sf] 5 . Tf:jL/ M w'|a;fu/ zdf{, a]gL -DofUbL_, /f;;

प्राकृतिक उपचारको चिकित्सालयको रूपमा विकसित हुँदै गइरहेको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरूको चाप बढेको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गा स्थित रहेको तातोपानीको कुण्डमा नुहाउने बिरामी, सर्वसाधारण र पर्यटकहरूको दिनहुँ जसो सङ्ख्या बढ्दै जान थालेको हो ।

जाडो समय सकिएर गर्मीको समय सुरु भएसँगै अहिले तातोपानी कुण्डमा दैनिक रूपमा नुहाउन आउने बिरामी तथा सर्वसाधारण र पर्यटकहरूको चाप बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डमा अहिले पछिल्लो पटक म्याग्दीसहित बागलुङ, कास्की, पर्वत, मुस्ताङ, काठमाडौँ, चितवन, नवलपरासी, कपिलवस्तु, ताप्लेजुङ, झापा, मोरङ, कैलाली, दाङ, रुकुम, रोल्पा, डोल्पालगायत जिल्लाबाट बिरामीहरू आएका छन् ।

यहाँको तातोपानी कुण्डमा बाहिरी जिल्लामध्ये सबैभन्दा धेरै छिमेकी बागलुङ जिल्लाबाट बिरामीहरू आउने गरेका छन् भने टाढाको जिल्लाहरू पूर्वी नेपालको ताप्लेजुङ, झापा र मोरङ तथा पश्चिमको दाङ र कैलालीबाट समेत बिरामीहरू कुण्डमा आएको तथ्याङ्क छ । यसका साथै विदेशी मुलुकहरू भारत, बङ्गलादेशबाट पनि बिरामी तथा पर्यटकहरू तातोपानी कुण्ड नुहाउनको लागि आउने गरेका छन् । तातोपानी कुण्डमा एक पटक आएर स्नान गरेर गएका बिरामीहरू रोग निको भएको भन्दै पुनः फर्किएर पटक पटक आउने गरेको भेटिन्छन् ।

पछिल्ला केही वर्षदेखि तातोपानी कुण्डमा नुहाउन आउने बिरामी, सर्वसाधारण र पर्यटकहरूको चाप बढ्न थालेपछि उनीहरूको व्यवस्थापनका लागि कुण्ड व्यवस्थापन समितिले आवश्यक पहल गरेको छ । बढ्दो चापलाई मध्यनजर गरी तातोपानी कुण्ड व्यवस्थापन समितिले मुख्य कुण्डभन्दा बाहिर दुई वटा पोखरी बनाएर नुहाउने व्यवस्थापन मिलाएको छ । तातोपानीको मुख्य पोखरीमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म महिला र पुरुषको छुट्टाछुट्टै पालो बनाएर नुहाउनको लागि समय तालिका बनाइएको छ । अहिले मुख्य पोखरीमा नुहाउनको लागि महिलाको दुई वटा समूह र पुरुषको एक वटा समूह रहेका छन् ।

तातोपानीको मुख्य पोखरी अर्थात् ठुलो कुण्डमा मात्रै दैनिक एक हजारभन्दा बढी बिरामी र सर्वसाधारणहरूले नुहाउने गर्दछन् भने बाहिरका दुई वटा पोखरीमा करिब ५ सय जनाले नियमित नुहाउँछन् । बाहिरको पोखरीमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म नुहाउन पाइन्छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्डमा नियमित रूपमा करिब १२ सय जनाले दैनिक नुहाउने गरेको बताउनुभयो । उहाँका अनुसार तातोपानी कुण्डमा हरेक वर्ष २५ प्रतिशत नयाँ बिरामीहरू थपिने गरेका छन् । तातोपानी कुण्डमा पानीका थप स्रोत पत्ता लगाउने, कुण्डको संरक्षण तथा संरचना विस्तारका लागि आवश्यक पहल थालिएको उहाँको भनाइ छ ।

जमिन मुनिबाट ५५ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथ रोग, गानो गोला, युरिक एसिड, घाउ खटिरा, हार्डजोर्नी दुख्ने, छाला सम्बन्धी रोग, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरू निको हुने जनविश्वास रहेको छ । तातोपानी कुण्डमा आगोले पोलेका बिरामीहरू समेत आएर स्नान गरी निको भएर फर्किएका उदाहरण छन् । तातोपानी कुण्डमा नेपालको ७७ वटै जिल्ला र विदेशबाट पनि बिरामी तथा सर्वसाधारण एवं पर्यटकहरू आएर स्नान गर्ने गरेको कुण्डले जनाएको छ ।

पूर्वराजाको स्वागतमा १५१ सदस्यीय समिति गठन

यही बुधबार गलेश्वर शिवालय मन्दिरमा पूजा अर्चनाका लागि आउने पूर्व राजा पुर्व राजा ज्ञानेन्द्र शाह परिवार सदस्यलाई स्वागतका लागि मूल स्वागत समारोह समिति गठन गरिएको छ ।मुल समारोह समितिको संयोजक चक्रपाणी आचार्यको संयोजकत्वमा १ सय ५१ सदस्यीय समिति गठन भएको छ ।

पूर्वराज्यमन्त्री भिमप्रसाद गौचन, केन्द्रिय सदस्य जगत गौचन सहितको २५ सदस्यीय सल्लाहकार समिति, राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा, ब्यवस्थापन उपसमितिमा एकेन्द्र रावल र स्वयंमसेवक उपसमिति योगेन्द्रमान शेरचन रहनुभएको राप्रपाका केन्द्रिय सदस्य जगतप्रसाद गौचनले जानकारी दिनुभयो ।

फागुन २१ गते दिउँसो सडकमार्ग हुदै गलेश्वरधाम मन्दिरमा पुगेर पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्र सहितको टोलीलाई भव्य स्वागत गरिने र नागरिकलाई समेत गलेश्वर क्षेत्रमा दर्शनभेट समेत रहेको राप्रपाले जनाएको छ । पूर्वराजा शाह गलेश्वरमा आउने जानकारीसँगै शान्ति सुरक्षा र गलेश्वर शिवालय क्षेत्र विकास कोषले समेत पूजाआजाको ब्यवस्था मिलाएको छ ।

जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब

रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ।

‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरूलाई नै अधिया र बन्दकी दिएका थियौं,’ उनले भने, ‘कोरोनापछि गाउँ फर्किएर मेरो पुर्ख्यौलीका साथै दाजुभाइको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु।’

सिमकाजी ब्रर्दश भेञ्चर प्रालिमार्फत रैथाने गौरिया, जेठोबुढो धान, मकै र गहुँ खेतीका साथै खत्रीले भैंसीपालन गरेका छन्। म्याग्दी नदीको किनारमा सिँचाइको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, शेरा, पिपलबोट, रणवाङ र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ।

खत्रीका पूर्खाहरुले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए। खत्रीले यस वर्ष एक सय मुरी धान फलाएका छन्। बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युत्बाट चल्ने मिल राखेका छन्। ‘घरमा आवश्यक पर्ने २५ मुरी राखेर ७५ मुरी बिक्री गर्छ,’ खत्रीले भने, ‘धान प्रतिपाथी चार सय र चामल प्रतिपाथी एक हजारका दरले बिक्री हुन्छ।’

पकाउँदा घरबाहिरै छुट्टै किसिमको मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरिया जातको धान म्याग्दीको रैथाने बाली हो। सहर बजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता, कर्मचारी गौरिया धानको चामलका उपभोक्ता हुन्।

‘गौरीया धान पाक्दा खेतनै बास आउँछ। भान्छा कोठामा गौरियाको भात पकाउँदा आगनसम्मै बास्ना आउँछ,’ खत्रीले भने, ‘गौरियाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन। गौरियानै खोज्छन्।’ स्थानीयवासीका अनुसार चार पुस्ता अघिदेखि खेती हुँदै आएको गौरियाको वैज्ञानिक र अङ्ग्रेजी नाम अझै पहिचान भएको छैन्।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका किसान छविलाल कँडेल बताउछन्। गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ। न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपिने गौरिया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ

गौरिया धानको दाना अरू जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुुन्छ। पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी, किरिया बसेकालाई गौरिया धानको चामलको भात उपभोगी हुने बताइन्छ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैंसीपालन र बेनी–दरबाङ सडक छेउमा किराना पसलसहितको रेष्टुरेन्ट सञ्चालन गरेका छन्। वार्षिक १० लाख भन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखरा बिक्री हुने खत्रीले बताए। एक वटा स्थानीय लिमे–पारकोटे र दुई वटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनी पालेका छन्। हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनले भैंसीको संख्या बढाउने सोचमा छन्।

खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छन्। एक जनालाई नियमित र भित्र्याउने समयमा अरू धेरै जनालाई रोजगारी दिएका छन्। वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रूपमा लिएका छन्।

पूर्खाहरुले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरिया धानको भात, भैंसीको दूघदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन्। सिमलाई कृषि, पर्यटकीय गाउँको रूपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ। बेनीदेखि १२ दशमलब पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचारस्थल सिंगा तातोपानीदेखि चार दशमलब पाँच किलोमिटर नजिक छ।

रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपाली सहरमा बसाइँसराइ र विदेशिने क्रम बढिरहेका बेला विदेश र बजारबाँट गाउँ फर्केका खत्रीले सकारात्मक सन्देश दिनुभएको मंगला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती खत्रीले बताए।
‘गाउँमा पनि सम्भावना र अवसर छ भनेर उदाहरण प्रस्तुत गर्नुभएका धु्रबको प्रयासलाई हामीले पनि साथ दिएका छौं,’ उनले भने, ‘सिम, कोत्रवाङ र तोराखेतमा सिँचाइ सुविधाका लागि गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना निर्माणाधीन छ।’

पर्वतको मिलनचोकमा शुन्य भेदभाद दिवस मनाइयो

पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा शनिवार जातीय–धार्मिक र लैङ्गिक–वर्गीय सचेतना सम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । शुन्य भेदभाव दिवसको अवसर पारेर नेपाल दलित संघ जलजला गाउँपालिकाको आयोजनामा सचेतनामूलक अन्तत्र्रिmया गरी दिवस मनाइएको हो ।

कार्यक्रममा सामाजिक अभियन्ता एवं महिला अधिकारकर्मी जमुना आचार्य र नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिका उपसभापति निर्मला खत्रीले जातीय, लैङ्गिक, वर्गीय, धार्मिक अधिकार, महिला सशक्तिकरण र जातीय विभेद अन्यलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जातीय विभेद अन्त्यका लागि भएका व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयन गर्ने सवालमा अन्तत्र्रिmया र छलफल समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मानव समुदाय कसैले पनि कसैलाई जातीय, लैङ्गिक र वर्गीय अधिकारको नाममा विभेद गर्न नहुने बताउँदै गाउँपालिकाले यस्ता कार्यविरुद्ध आवश्यक कदम चाल्ने बताउनुभयो । उहाँले राज्यले ल्याएको समावेशी, समानुपातिक व्यवस्थाको नीतिलाई अबलम्बन गरी पछाडि पारिएको समुदायको सहभागितालाई अर्थपूर्ण बनाउन, चेतना र शिक्षाको विकासको माध्यमबाट विभेदलाई अन्त्य गर्न सकिनेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सदस्य लक्ष्मी हमाल आचार्यको विशेष उपस्थिति रहेको कार्यक्रम नेपाल दलित संघ जलजलाका अध्यक्ष बुद्धि परियारको अध्यक्षता, सहसचिव मिना परियारको स्वागत र सदस्य रेनु दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो । सबै प्रकारका भेदभाव अन्त्य गर्न तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष मार्च १ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

बागलुङका नन्दलालले दूध बेचेर मासिक ६ लाखसम्म आम्दानी

विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् ।

बागलुङ–४ उपल्लाचौर आमबोटमा केही आफ्नो र केही भाडाका गरी १५ रोपनी क्षेत्रफलमा ‘सापकोटा गाईभैँसी फार्म’ स्थापना गरेका उनी यो क्षेत्रकै सफल पशुपालक किसानमा चिनिँदै आएका छन् ।

निरन्तर पशुपालनमा लागेपछि एक दिन सफल भइन्छ भन्ने उदाहरण १४ वर्षदेखि व्यावसायिक पशुपालनमा लागेका सापकोटा बनेका छन् । बागलुङ बजार छेउमै रहेको गाईभैँसी फार्ममा अहिले दैनिक एक सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ । सापकोटाले उत्पादन गरेकोदूध आफैँ बजारीकरण गर्दै आएका छन् ।

“भारतको मेघालय क्षेत्रमा रोजगारीका लागि पुग्दा नेपालीले गाई पालेर दूध बिक्री गर्दै आएको देखेको थिएँ, त्यहीँबाट मैले गाईभैँसीपालनमा चासो दिएको थिएँ, विसं २०६७ मा जन्मथलो मालिकाबाट तीनवटा भैँसी र एउटा गाई लिएर अमबोट आएपछि दुईवटा भैँसी थपेर फार्म स्थापना गरेँ, अहिले फार्मको पूर्वाधारसहित रु एक करोड लगानी पुगिसक्यो”, उनले भने, “निरन्तर मेहनत र पशुपालन व्यवसायको अनुभवका कारण आज सफल भएको छु, अहिले पाँच जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छु ।”

व्यवसायी सापकोटाले गाई तथा भैँसीको खरिद बिक्रीसमेत गर्दै आएका छन्। उनको फार्ममा ५२ सम्म गाईभैँसी भएको सुनाए । उनका दुईवटा ठूला गोठमा गाईभैँसी छन् । दैनिक एक सय ६० लिटर दूध उत्पादनपश्चात बजारीकरण गर्दै आएका सापकोटा मासिक रु पाँचदेखि छ लाखसम्मको आम्दानी र मासिक रु एक लाखसम्म बचत गर्दै आएको बताउछन् ।

पशुपालनमा आम्दानी भए पनि खर्च धेरै हुने उनको अनुभव छ । पशुपालनमा जोखिम बढी हुने भएकाले लामो अनुभव र प्राविधिक सहयोगले मात्र सफल भइने सापकोटाको भनाइ छ ।

“दूधको बजारीकरणमा समस्या छैन, बागलुङ बजारको घरदैलो र फार्मबाटै बिक्री हुन्छ, हामीले घरदैलोमा पुगेर दूध पुर्याउँदै आएका छौँ, मैले ड्राइ सिजनमा बढी दूध बिक्री गर्दै आएको छु”, सापकोटाले भने, “भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र र बागलुङ नगरपालिकाले प्राविधिक रूपमा सहयोग गरिरहेका छन्, प्याक्ट परियोजनामार्फत विसं २०७३ मा रु १० लाख अनुदान पाएर एउटा आधुनिक गोठ बनाएको थिएँ, निरन्तरता भएमा सहयोग पनि आउँछ, पछिल्लो समय फार्म स्थापनाका लागि गरिएका राज्यका प्रोत्साहनले किसान हौसिए पनि टिक्न नसकेको पाइयो ।”

उनले उत्पादन र निरन्तरताका आधारमा अनुदान दिँदा मात्र वास्तविक किसानले लाभ लिने बताए । उनले बागलुङ बजारसहित पर्वत र म्याग्दीबाट समेत दूधको माग आउने बताए । अहिले बजारमा दूधको मूल्य रु एक सय २० प्रतिलिटर छ । रासस

आरोही निर्मल पूर्जा ‘निम्स’ लाई म्याग्दीमा नागरिक अभिनन्दन गरिने

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका निर्मल पूर्जा ‘निम्स’ लाई आगामी फागुन २२  बिहिबार गते म्याग्दीमा नागरिक अभिनन्दन गरिने भएको छ ।  पर्वतारोहणको क्षेत्रमा बिना अक्सिजन (पूरक अक्सिजन) ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत रहनुभएका पूर्जालाई म्याग्दीको सदरमुकाम बेनीबजार परिक्रमा समेत गराइने भएको हो ।
म्याग्दी जिल्लाका संघीय तथा प्रदेशसभा, स्थानीय तहका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था सहित सरोकारवाला निकायको उपस्थितीमा जिल्ला समन्वय समितिको सभाहलमा सम्मान गरिने पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाई’ सम्मान मुल समारोह समितिले जनाएको छ ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानामा जन्मिनुभएका पूर्जाले निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको अरोहण  म्याग्दी अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सुरु गरी धवलागिरी गापा–४, मुदीमा रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहणबाट थालनी गर्नुभएको थियो ।
म्याग्दीमा रहेको संसारकै १० औं अग्लो अन्नपूर्ण हिमाल र सातौं अग्लो धौलागिरी हिमालबाट गर्नुभएको थियो । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालमा विन्टर सिजन (जाडो याम) मा सफल आरोहण गर्ने विश्वकै पहिलो आरोही समेत हुनुहुन्छ ।
हाल अमेरिकामा एक टोलीलाई स्काई डाइभ तालिमको प्रशिक्षणमा रहनुभएका आरोही पूर्जा म्याग्दीमा हुने अभिनन्दमा सहभागि हुन आउने तयारीमा रहेको बताउनुभयो । ‘म गृहजिल्लाको सम्मानपछि फेरी फकिन्छु, मलाई जिल्लाबासीसँग रमाउने चाहना छ, मैले पनि जन्मभूमीलाई केही गर्ने सोच बनाएको छु’ आरोही पूर्जाले बेनीअनलाइनलाई भन्नुभयो । यसैबीच म्याग्दीमा आरोही पूर्जाको सम्मानका लागि बेनीबजारका संघसंस्था, टोलबासी सहित विभिन्न संघसंस्था सहितको टोली तयारीमा जुटेका छन् ।

म्याग्दीमा ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगिता हुने

म्याग्दीमा विद्यार्थीको बोल्ने कलाको विकास गर्ने उदेश्यले शैक्षिक परामर्शदाताको रुपका कार्यरत स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आर्थिक सहयोगमा जिल्लामा पहिलोपटक विद्यालयस्तरमा सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म र म्याग्दी बहमुखी क्याम्पसमा कक्षा ११, १२ मा अध्ययनरत विद्यार्थीको सहभागितामा ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।

बेनी अनलाइन प्रालिको स्थानीय ब्यवस्थापनमा सञ्चालित प्रतियोगिमा सबै स्थानीय तहलाई फरक–फरक शिर्षक प्रस्तुत गरिएको छ । जिल्लामा शैक्षिक क्षेत्रमा सक्रिय ब्यक्तित्वको सहभागितामा विषय छनौट गरी प्रस्तुत गरिएको छ । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका संस्थापक बद्री बरुवालले विद्यार्थीको बोल्ने कलाका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगितालाई स्थानीय तहको शिक्षा शाखाले समन्वय गरेको छ ।

प्रत्येक विद्यालयबाट १ जना सहभागि हुन पाउनेछन् । प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएको छ । पहिलो खण्डमा म्याग्दीका ६ वटै स्थानीय तहबाट १ जना उत्कृष्ट सहभागी छनौट गरी अन्तिम प्रतिष्पर्धाका लागि सदरमुकाम बेनीमा हुने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।