Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 81

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन्।

कप्तान सुब्बालाई इलामदेखि काठमाडौँ ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन्।

Adv

उनले भने, “यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौं। नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौं।”

उनी कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित छन्। गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिए।

“प्रदर्शनकै दिनदेखि हामी काठमाडौं उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौं। चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ। चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौं”, वितरक श्रेष्ठले भने।

उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्यांक आउँदो केही दिनमा सार्वजनिक गर्ने बताए। कप्तान सुब्बा आफैंले अभिनय गरेका कारण दर्शक उनको संघर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए।

“कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ। हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाउनु भयो। यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ”, निर्देशक चाम्सले भने।

चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन्। रासस

जिल्ला भलिबल संघलाई राष्ट्रिय वाणिज्य बैंकको सहयोग

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले जिल्ला भलिबल संघ म्याग्दीलाई ५० हजार बराबरको खेलकुद साम्रागी सहयोग गरेको छ। बैंकका शाखा प्रबन्धक नवराज ढुंगानाले जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, महासचिव कुमार किसान र कोषाध्यक्ष विष्णु रोकालाई साम्रागी हस्तान्तरण गदैं आगामी दिनमा पनि खेलकुदसँग जोडिएर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भलिबल क्षेत्रको विकासका लागि कवर्ड हल सहित विभिन्न योजना बनाएको संघका गतिविधिलाई बैंकले सहयोग गरेकोमा अध्यक्ष बानियाँले आभार प्रकट गर्नुभएको थियो । बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतक बल, नेट लगायत भलिबल खेलका लागि आवश्यक पर्ने साम्रागीहरू सहित वित्तिय साक्षरता कार्यक्रम,चरम गरिबीकै कारण वार्षिक ३ हजार ५ सय रुपियाँ तिर्न नसक्नेको पहिचान गरी बैंकले १० परिवारलाई निशुल्क स्वास्थ्य बीमा लगायत विभिन्न सामाजिक कार्य गर्ने गरेको छ ।

एसइई परीक्षा चैत ७ गतेदेखि, सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (भक्तपुर)ले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको उल्लेख गर्दै परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएका छन् ।

परीक्षानियन्त्रक पौडेलका अनुसार गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए भने यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना पुगेको छ ।

कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाडौं र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बताए ।

यस वर्षको एसइईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् भने यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् ।

यस वर्षको एसइई चैत ७ गतेदेखि सुरु भएर १९ गते सम्पन्न हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वित्तियको परीक्षा सञ्चालन हुनेछ ।

लेटर ग्रेडिङ प्रणालीमै यसवर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्न तयारी गरिएको छभने चैत १९ सम्म सञ्चालन परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुऱ्याउने लक्ष्य राखेको छ । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका संग्रौलामाथि छानबिन गर्न समिति गठन

काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक तथा पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलामाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको छ । कलेजका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि संग्रौलामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको हो ।

पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ ।

गत फागुन २४ गते राति काठमाडौं स्कुल अफ लकी एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विद्यार्थीहरूलाई यौन दुर्व्यवहार हुने गरेको आरोप लगाएकी थिइन् । उक्त पोस्टमा ती विद्यार्थीले कलेज प्रशासनले आफ्नो निवेदनमाथि छानबिन प्रक्रिया अगाडि नबढाएको र कुनै सुनुवाइ नभएको भन्दै तत्काल निर्देशकलाई निलम्बन गरी छानबिन अगाडि बढाउन पनि माग गरेकी थिइन् ।

कलेज प्रशासनले भने निवेदन प्राप्त गरेको केही दिनपछि नै कलेजमा परीक्षा सुरु भएकाले छानबिन केही ढिलो भएको बताएको छ ।

यता कार्यकारी निर्देशक संग्रौलाले भने आफू विरुद्ध विद्यार्थीले लगाएको आरोप तथ्यहीन र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति भएको बताउनुभएको छ । घटनाबारे स्पष्टीकरण दिन कलेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले आफ्नो चरित्र हत्या गर्न परिचालित विद्यार्थीले सामाजिक सञ्जालमा यौन दुर्व्यवहार भएको आरोप लगाएको बताउनुभयो ।

उहाँले समाजिक सञ्जालमा कसैले पोस्ट गरेकै भरमा एकपक्षीय रूपमा मिडियाहरूले समाचार लेखेर ‘मिडिया ट्रायल’ गरेको भन्दै सत्यतथ्य बुझेर मात्रै समाचार लेखिदिन आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनका क्रममा आफू र परिवार समेतलाई मुछेर आरोप लगाउने एक विद्यार्थीले ‘ब्ल्याकमेल’ गरेको र पाँच-पाँच लाखका दरले २० लाख रकम माग गरेको उहाँको प्रत्यारोप थियो । विद्यार्थीले दुर्व्यवहार भएको भन्दै दिएको निवेदनमा कोबाट दुर्व्यवहार भएको नखुलाउनुले कलेजलाई बदनाम गराउनु प्रमुख उद्देश्य भएको निर्देशक संग्रौलाको आरोप थियो ।

चार बर्षदेखि अलपत्र मंगलाको १० सैयाको अस्पताल भवन

नेपालीमा एउटा उखान छ,..भन्दा देख्नेलाई लाज । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका-५, हाँडेभिरमा निर्माणाधीन १० सैयाको पालिकास्तरीय अस्पतालको भवनको अहिलेको अवस्था हेर्दा काम गर्ने ठेकेदारलाई भन्दा हेर्नेलाई लाज भइरहेको छ । विसं २०७७ पुस महिनामा शिलान्यास भएको अस्पताल भवन चारबर्षदेखि अलपत्र अवस्थामा छ । यो भवन २०८० साल असार महिनासम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

शनिबार नेपाली सेनाको गण्डकी प्रदेशस्तरीय संयुक्त बृहत बिपद् प्रतिकार्य नमुना अभ्यासको उद्घाटन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले अलपत्र अस्पतालको भवन देखाउँदै ठेकेदारलाई कानुनी डण्डा देखाएर अपुरो कामलाई पूर्णता दिन अनुरोध गर्नुभएको थियो ।

‘भवन सम्पन्न भएपछि हामीले सेवा सुरू गछौं,अटेरी ठेकेदारका कारण काम अगाडी बढ्न सकेको छैन’ उपाध्यक्ष क्षत्रीले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले अलपत्र अस्पतालको भबनलाई पूर्णता दिन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तत्कालिन समयमा सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने निर्णय अनुसार गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गर्नुुभएको थियो। भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौँसँग २०७८ साल असारमा ९ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो। भवनको कूल१२ करोड ९७ लाखको लागत अनुमान गरिएको थियो।

३५ वटा कोठा हुने भबनमा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमता,प्रयोगशाला, प्रशासन, औषधी कक्ष सहितको अपाङ्गतामैत्री भवन बनाउन लागिएको थियो। अस्पताल भवन नजिककै अर्मन स्वास्थ्य चौकी रहेको छ । उक्त स्वास्थ्यचौकीकै करिब ८ रोपनी जग्गा अस्पतालका लागि ब्यवस्थापन गरिएको थियो।

मङ्गला गाउँपालिकाले निर्माण कम्पनीले अटेर गरेपछि धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको थियो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोबामा भवन निर्माण सम्पन्न भएपनि प्रयोगविहिन अवस्थामा रहेको छ भने धवलागिरि गाउँपालिकाको ताकममा निर्माणाधीन पाँच शैया क्षमताको अस्पताल समेत पूर्णता भएको छैन ।

घाँस काट्न जाँदा खसेर वृद्धको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका-७, ताकममा आइतबार रुखबाट खसेर एक बृद्धाकोे ज्यान गएको छ । स्थानीय ६० बर्षिय थमन खत्रीको घरबाट करिब १ किलोमिटरको दुरीमा रहेको जंगलमा खनियाको रुखमा घाँस काट्ने क्रममा खसेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

स्थानीयले खवर गरेपछि साँझ ताकम प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो।प्रारम्भीक अनुसन्धानमा घाँस काट्ने क्रममा रुखबाट खसेको देखिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लालीगुराँस फुलेर जंगल नै राताम्य

स्वरसम्राट स्व. नारायण गोपालको ‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु–मनैभरि फूलिदिन्छु’ गीतले भनेजस्तै हिमाली जिल्ला म्याग्दीका वनपाखामा यतिबेला लालीगुराँस ढकमक्क फुलेर जंगल नै राताम्यै भएको छ ।

वनमा लालीगुराँस मात्रै फुलेको छैन,लालीगुराँसलाई हेर्दै हिमाललाई पृष्ठभूमिमा पार्दै तस्वीर खिचाउन र भिडियो बनाउन जंगलमा उक्लिएका शहरका युवायुवतीहरुको मन पनि हिजोआज जंगलमा नै भुलेको छ ।

वनैभरि फुलेका लालीगुराँसका जंगलबाट उत्तरतिर देखिने चाँदी झै टल्किने सेता हिमाललाई पृष्ठभूमिमा पारेर फोटो खिचाउने, सेल्फी लिने र टिकटक बनाउनेको भीडले यतिबेला म्याग्दीका जंगलमा पनि रौनक बढेको हो ।

पश्चिम म्याग्दीको बाबियाचौरबाट लालीगुराँसमा रमाउन साथीहरु सहित देविस्थानको रुन्ममा पुग्नुभएका शेखर सापकोटाले हिमाल र लालीगुँरासलाई पृष्ठभूमि बनाएर तस्विर लिँदा निकै रमाइलो भएको बताउनुभयो । उहाँसँगै आएका साथीहरु पनि लालीगुँरासमा रमाउँदै फोटो खिचिरहेका थिए ।

लालीगुराँस फुलेर म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रंगिएका छन् । ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैँस चढेको छ । वसन्त ऋतुसँगै गुराँस फुलेपछि लेकाली क्षेत्र अहिले नवदुलही जस्तै सिँगारिएका छन् ।

फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्छ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रमा मात्रै होइन विकट जंगल र डाँडाकाँडामा पनि छुट्टै खालको रौनक छाएको छ ।

पश्चिम म्याग्दीको मालिका,मंगला र धवलागिरि गाउँपालिकाका सबै जंगलहरु अहिले लालीगुराँसले रंगिएका छन् । यसैगरी उत्तरी म्याग्दीका अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घार,मल्काबाङ,लगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यता बेनी नगरपालिकाको पर्यटकीयस्थल बेलढुङ्गा,ज्यामरुककोट,टोड्के लगायत क्षेत्रमा पनि ढकमक्कै लालीगुराँस फुलेको स्थानीयले बताएका छन् ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटक पुगेर रमाउन थालेका छन् । उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २१० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँस फुलेको स्थानीय बताउँछन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न आठ प्रजातिका गुराँस फुल्छन् ।

लामो पात, झ्याम्म रुख राता फूलले जंगललाई सिंगारेको छ। अहिले गुराँसको मनमोहक दृश्य हेर्न विभिन्न जिल्लाका पर्यटक पनि म्याग्दी आएका छन् । सडकखण्ड छेउछाउमा समेत लालीगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ । सुनसान बनेका यहाँका पर्यटकीय स्थलमा चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन् ।

कहिल्यै पनि वनजंगलमा नपुगेका युवायुवती पनि अहिले जंगली क्षेत्रमा पुगेका छन्। सधैँ मोबाइल र इन्टरनेटमा रमाउने युवायुवतीले प्रकृतिलाई नजिकैबाट नियाल्न र बुझ्ने अवसर पनि पाएका मालिका गाउँपालिका ५ देविस्थानका टेकबहादुर सिउथानीले बताउनुभयो ।

लालीगुराँससँगै रमाउने र तस्विर खिचाउनेमा युवा पुस्तामात्रै होइन, जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेता, कर्मचारी, विद्याथी पनि छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका वेला लालीगुराँस फुलेको ठाउँमा गाडी र मोटरसाइकल रोकेर तस्विर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधि पनि व्यस्त देखिन्छन् ।

लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढेको छ । घोरेपानी र पुनहिलसहित जिल्लाको लेकाली क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु लालायित भएका छन् । कोरोनाको त्रासले सहरबाट गाउँ पसेकाहरु, लालिगुराँस फुलेको हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु आउनेगरेका मंगला गाउँपालिका २ का शेरबहादुर विकले बताउनुभयो ।

म्याग्दी जिल्लामा अहिले कुल ३ सय १४ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फुल फुल्ने विरुवाहरु चाँडै नै फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । उहाँले तल्लो क्षेत्रमा पुस–माघ र माथिल्लो क्षेत्रमा फागुन महिनापछि लालीगुराँस फुल्ने गरेको जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाको वन क्षेत्रमा झण्डै १० प्रजातिका गुराँसहरु पाइने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा गुराँसको राजधानी र सबैभन्दा ठूलो गुराँसे जङ्गलका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिमा पर्ने पुनहिल–घोडेपानी र राम्चे क्षेत्रलाई मानिएको छ । यस क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका लालीगुराँसहरु पाइने स्थानीयवासी बताउँछन् ।

पत्रकारलाई घुम्ती शिविरबाट प्रेस पास वितरण तथा तालिम सञ्चालन

म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा आइतबारदेखि दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी विषयमा तालिम सुरु भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

दुर्गम अर्थात् मोफसलमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिम आयोजनासँगै सूचना तथा प्रसारण विभागद्वारा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविर पनि सञ्चालन गरिएको छ । म्याग्दीसहित बागलुङ, पर्वत, बागलुङ र मुस्ताङलाई लक्षित गरी तालिम र शिविर चलाइएको हो ।

तालिम तथा घुम्ती शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले विगतको समयमा काठमाडौं पुगेर लिनुपर्ने प्रेस प्रतिनिधि प्रमाणपत्र शिविरमार्फत जिल्लामै आएको हुँदा भरपुर उपयोग गर्न सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो ।

उहाँले पछिल्लो समय बढ्दो प्रविधिसँगै पत्रकारिता क्षेत्रमा पनि चुनौतीहरु थपिएको हुँदा पत्रकारले आफूलाई समयानुकुल परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोगमा पत्रकारिता क्षेत्रबाट अगाडि बढ्न सकिने भएकाले सकारात्मक हिसाबले सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले सुशासन तथा बजार अनुगमनसहित आम नागरिकको हक, अधिकारसँग सम्बन्धित विषयहरुलाई उजागर गर्नुपर्ने बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्रले विगतमा पत्रकारले मात्रै पत्रकारिता गर्ने गरेकोमा अहिले नागरिकले समेत पत्रकारिता गर्ने भएकाले पत्रकारहरु सचेत भएर आफ्नो कर्म क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेलले पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारलाई सोही पेशमा टिकाउन समस्या भैरहेको हुँदा राज्यले पनि आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारिता क्षेत्रले सत्य, तथ्य र सन्तुलित सूचना तथा जानकारीहरु सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको पेशागत क्षमता वृद्धि र जिल्लामा प्रेस पास वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको शिविर ल्याइएको बताउनुभयो ।

तालिमको उद्घाटनसत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार तथा सञ्चारकर्मी र प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता रहेको छ ।

आगामी तीन दिनसम्म चल्ने तालिममा पत्रकारिता सम्बन्धी विषयको तालिमसँगै सूचना तथा प्रसारण विभागबाट जारी हुने प्रेस प्रतिनिधि प्रमाणपत्र जारीका साथै नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको कार्य भैरहेको छ ।

पेट्रोलमा ५ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले भाउ घट्यो

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६० रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ४८ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६२ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५० रूपैयाँ पर्नेछ ।

यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ प्रतिलिटर एक सय ६३ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५१ रूपैयाँ पर्नेछ ।

महिला उद्यम विकास समितिको ११औं वार्षिक साधारण सभा सम्पन्न