श्रीकृष्णगण्डकी महोत्सवमा धार्मीक पर्यटकको ओईरो

    0
    128

    म्याग्दी ७ मंसिर । पबित्र कालिगण्डकी नदीलाई प्रदुषणमुत्त
    बनाउने र दुर्लभ शालीग्रामको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको
    श्रीकृष्णगण्डकी महोत्सव मा धार्मीक पर्यटकहरुको ओईरो लागेको छ ।
    शुक्रबारदेखि म्याग्दीले गलेश्वरमा स्ाुरु भएको महोत्सवमा सहभागी हुन
    काठमाडौ पोखरा चितवन लगायत स्थान र भारतबाट समेत संयौको संख्यामा धार्मीक
    पर्यटकहरु आएको महोत्सव आयोजक समितीका संयोजक नेत्र महतले जानकारी दिनुभयो


    अखण्डज्योतिबाबा स्वामीश्रीजी च्यारिटेबल ट्रस्टको आयोजनामा सुरु भएको सात दिन सम्म संचालन हुने जनाईएको छ ।
    महोत्वस अबधिभर कालिगण्डकीको सररफाई र विश्मै दुर्लभ मानिएको शालीग्रामको
    संरक्षण सम्बन्धि जनचेतानामुलक धार्मीक प्रवचन हुने आयोजकले जनाएका छन् ।
    सन्तोष गौतम