म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनामा आफ्नै आरनमा काम गदैं एक बृद्ध । करिव चारदशक देखि पेशामा संलग्न उनले आरनको सहयोगमा खुकुरी, बन्चरो, हँसिया, कुटो, कोदालो, थेबे, फाली, छिनो, टुकटुके, दाबे जस्ता दैनिक जीवनमा आवश्यक पर्ने सबै सामान बनाउने गरेका छन् । ग्रामिण क्षेत्रमा यूवापुस्ताले आरन पेशालाई रोज्न छोडेपछि बुढापाकाले नै आफ्नो पुरानो पेशालाई निरन्तरता दिएका छन् । तस्वीर बेनीअनलाइन