म्याग्दीको पर्यटकीयस्थल अन्नर्पूण गाउँपालिका–५ खोप्रालेकमा रहेको सामुदायिक लजबाट देखिएको विश्वकै सातौ अग्लो धौलागिरी हिमाल । पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको खोप्रालेकमा रहेको सामुदायिक लजको सुविधासम्पन्न होटलको झल्को दिने गरी पुर्वाधार विस्तार भइरहेको छ । सिजनमा लजमा खचाखच पर्यटक हुने गरेका छन भने समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन सयौंको संख्यामा पुजा गर्न जानले समेत प्रयोग गर्छन् । खोप्रामा पाउद्धार र नागीको विद्यालयको आम्दानीका लागी चौरी समेत पालिएको छ ।