अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदमा कवड्डी खेलमा सहभागी विद्यार्थी । प्रतियोगितामा आर्कषक मानिएको कवड्डीको छात्रा तर्फको खेलमा शिख माविलाई पराजित गदैं घार, हिमाञ्जल माविलाइ्र्र सर्वोदय मावि, पाउद्धार माविलाई प्रभा माविले पराजित गरेको छ । त्यस्तै क्वाटरफाइनलको खेलमा ज्ञानप्रकाश माविलाई पराजित गदैं मुक्तिमार्ग मावि र सर्वोदय मावि भुरुङ तातोपानीलाई पराजित गरेको छ । विगतमा समेत कवड्डी खेलमा उत्तरी मयाग्दीबाट सहभागि हुने विद्यालयले उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेका थिए । तस्वीर सौजन्य सुरेन गुरुङ