म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आयोजित दाना मेलामा पुख्यौली नाच प्रस्तुत गदैं कलाकार । शैक्षिक, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्यले शुक्रबादेखि शिक्षा विकास कोषको मुल आयोजन तथा वडा कार्यालय र ज्ञानप्रकाश माविको आयोजनामा सुरु भएको मेलामा गाउँपालिका भित्रका साथै पोखरामा बसोबास गर्ने म्याग्देलीहरुको समुहले समेत नाच प्रस्तुत गरेका थिए ।

नृत्यमा मादले र मारुनीको भूमिका महत्वपूर्ण हुन्छ । एउटा गीतको टुक्का निकालेपछि अरूले त्यसलाई पछ्याउँदै गाइन्छ। पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य पनि भनिन्छ । नाचको सुरुमा सरस्वती जगाइन्छ, त्यतिबेला केहीलाई सरस्वती जाग्ने हुँदा काँम्नेसमेत हुन्छ । गीतमार्फत राम–लक्षणका वाणीहरू र सरस्वतीलाई सम्मानपछि काम्ने हराउँदै जान्छ । मेला महोत्सवसँगै विवाह, व्रतबन्धलगायतका शुभकार्यमा यो नृत्य प्रस्तुत गर्ने गरिन्छ । तस्वीर हरिकृष्ण गौतम