म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका वडा नं ६ घोरेपानी तथा पुनहिल आसपासमा बुधबार बाख्लो हिमपात भएको छ । हिउँमा आन्तरिक तथा बाह्य पर्यटक रमाइरहेका छन् । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा भ्रमणमा पुगेका पर्यटकले अविस्मरणीय भन्दै हिउँमा खेलेका थिए। करिव एकफिट हिउँ परेको पुनहिलसम्म पुग्ने पदमार्ग समेत हिउँले पुरेको थियो । म्याग्दीमा भ्रमण गर्ने पर्यटकको करिव ६० प्रतिशत पर्यटक भित्रिने पुनहिलमा विश्वको उत्कृष्ट पदमार्गको एक सुन्दर गन्तब्य हो । तस्विर सौजन्य सुरेन गुरुङ्ग