म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका ६ घोरेपानी-पुनहिलमा शनिबार हिमपात भएको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा भ्रमणमा पुगेका पर्यटकले अविस्मरणीय भन्दै हिउँमा खेलेका थिए। करिव दुईफिट हिउँ परेको पुनहिलसम्म पुग्ने पदमार्ग समेत हिउँले पुरेको थियो । म्याग्दीमा भ्रमण गर्ने पर्यटकको करिव ७० प्रतिशत पर्यटक भित्रिने पुनहिलमा विश्वको उत्कृष्ट पदमार्गको एक सुन्दर गन्तब्य हो ।
तस्विर सौजन्य टेकसर पुन