जिल्लाको अति विकट धवलागिरी गाउँपालिका वडा नं १ गूर्जामा लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ । चारफिट हिउँ नपग्लिदै पुनः हिमपात हुदाँ स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन् । गूर्जा जोड्ने गोरेटो तथा घोरेटो बाटोमा बाक्लो हिउँ जमेपछि आवतजावत समेत रोकिएको छ ।

विज्ञापन