वनपाखाहरुमा लालिगुराँस फूलेपछि बेनी नगरपालिका वडा नं १ रत्नेचौर अर्जमका बालबालिका गुराँसको फुलसंगै रमाउँदै । यसबर्ष प्रसस्तै हिमपात भएकाले पनि बेनी नगरपालिकाको अर्जम, ज्यामरुककोट, भकिम्लीका बनजंगल गुराँसले राताम्मे हुने अनुमान गरिएको छ । चैत्र र बैशाख महिनामा फुल्ने गुराँस माघ, फागुनमा नै फुलेको छ । म्याग्दीमा विभिन्न १९ प्रजातिका लालीगुराँस पाइन्छ । राता, गुलावी र सेता रङ्का लालिगुराँस ढकमक्क फुलेपछि आन्तरिक तथा बाह्य पर्यटक समेत रमाउने गरेका छन् ।