म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजना २०७५ बैशाख ३० गते म्याग्दी भ्रमण वर्ष–२०७५ को उद्घाटन गदैं संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको यो तस्वीर । म्याग्दी भ्रमण बर्षलाई अपार पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कोसेढुंगा सावित हुने बताउँदै म्याग्दीलाई भारत र चीनको ट्रान्जिट प्वाइन्ट बनाउन निरन्तर सहयोग रहने बताउनुभएका अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमणमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सहित पोखरा अन्तराष्ट्रिय विमानस्थलको कामलाई तिब्रता दिने गण्डकी प्रदेशकै लोकप्रिय नेताको निधनले सम्पूर्ण नेपाली स्तब्ध भएका छन्।
अलविदा रवीन्द्र…
By admin
On: February 27, 2019 6:32 PM