बेनी नगरपालिका वडा नं ३ भकिम्लीको धार्मिक एवम् पर्यटकीयस्थल स्वर्गाआश्रमको भ्रमणमा आएका बागलुङका सञ्चारकर्मी सहितको टोली । एतिहाँसिक सम्भावना बोकको तथा धार्मिक तथा पर्यटकीय हिसावले समेत उत्कृष्ट मानिए पनि राज्यका निकायले अपेक्षा गरे अनुसारको सहयोग प्राप्त नभएपछि स्थानयिको सक्रियतामा आश्रमको विकासमा समेत भकिम्लीबासीले आर्थिक सहयोग गरेका छन् ।

बागलुङको सिमाना नजिक अवस्थित आश्रममा धम्जा, ताराखोलाबाट समेत भक्तजन आउने गरेका छन् । सप्त ऋषी बेलढुङ्गा समेत भनेर चिनिने आश्रम सन् १९४८मा छविनन्द प्रसादले तपस्या गरेको स्थानमा इश्वरनन्द सरस्वती माता लगाएत विभिन्न ऋषीमुनीहरूले ध्यान तथा तपस्या गरेको स्थान समेत रहेको छ ।