---Advertisement---

मन छुने गीत “तिमीले जस्तो एउटा मुटु”

On: March 15, 2019 9:37 PM
Follow Us:

मन छुने गीत “तिमीले जस्तो एउटा मुटु” तिमीले जस्तो एउटा मुटु हजारसँग साट्दिन म । धरोधर्म तिम्रो कसम तिमीलाई ढाट्दिन म । यस्तै मर्म स्पर्शी शब्दहरुले सजिएको गीतका सर्जक हुन् घायलश्री ।

एक दसकदेखि म्याग्दीलाई कार्यक्षेत्र मान्दै विभिन्न साहित्यिक संस्थाहरुमा आवद्ध भएर साहित्यिक लेखन तथा प्रकासन क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्रीको शब्दहरुले सजिएको आधुनिक गीत “तिमीले जस्तो एउटा मुटु हजारसँग साट्दिन म” यतिबेला सर्वत्र चर्चामा आएको छ ।

चर्चित गजल गायक राज सिग्देलको स्वर तथा संगीतमा सजिएको उक्त बियोगान्त गीतमा प्रेमीले आफ्नी प्रेमीकालाई तिमी जस्तो निठुर आफू नभएको र आफ्नो प्रेम धेरै सस्तो पनि नभएको कुरा शब्दद्वारा ब्यक्त गरिएको छ । चर्चित मोडेल सुशिला थापा, सुशील थापा आदिको अभिनय रहेको गीतको भिडियोको निर्देशन भने दिलिप रेग्मीले गरेका हुन् ।