म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको झाँक्रीपानीको सामुदायिक बनमा फुलेको गुराँस । जंगलमा ढकमक्क लालिगुराँस फूलेपछि म्याग्दीको पर्यटकीय क्षेत्रका गाउँवस्तीहरु रमणीय र सुन्दर देखिन थालेका छन । बरंजाको माथिल्लो क्षेत्रका सामुदायिक बनमा विभिन्न प्रजातिका गुराँस फुल्ने गरेको छ । फागुन महिनाको अन्तिम सातादेखि फुलेको गुराँस बैशाख महिनासम्म रहन्छ । जिल्लाको बेनी नगरपालिका सहित मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका भित्रका बनजंगला पराता, गुलावी र सेता रङ् सहित विभिन्न १९ प्रजातिका गुराँस पाइन्छ । तस्वीर हरिकृष्ण गौतम