म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सल बनाउँदै एक यूवती । बिहान बेलुकी घरायसी काममा व्यस्त हुने जमुना घर्तीले दिउँसोको समयमा धागोबाट सल र स्विटर बनाउने गर्दछिन् । अल्लोको धागोबाट निर्मित कपडा बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले पनि गाउँमा माग उच्च रहेको छ । ग्रामिण क्षेत्रमा उनीजस्तै धेरैले घरायसी खर्चका लागी अल्लो र ढाकाबाट निर्मित साम्रागी बेच्ने गरेका छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply