लगातारको बर्षाले हिमालपारीको जिल्ला मुस्ताङ्लाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकमा फसेको सवारीसाधन निकाल्दै यात्रु । केहीदिन यता लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण बर्खाको समय बाहेक पनि सडकखण्डमा यात्रुलाई आवतजावतमा समस्या हुने गरेको छ ।  गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको कारण मंगलबार र बुधबार सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो । तस्वीर इन्द्रसिंह शेरचन

Leave a Reply