म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको जनता माविमा कक्षा ४ को दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट भएकी जिया गर्बुजाले सावुन उपहार पाईन् । अघिल्ला परिक्षामा पुरस्कार स्वरुप स्टेशनरी साम्रागी पाउने गरेकी कक्षा १० की कल्पना शेरपुञ्जाले समेत यसपटक पुरस्कारको रुपमा सावुन पाईन् ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रमका बारेमा जानकारी दिदैं संकेत स्वरुप सावुन पुरस्कार दिइएको विद्यालयका प्रधानाध्यापक गुन पुनले बताए । ‘पुरस्कार नै सावुन दिएका छौ,‘,यसले अभिभावकलाई समेत सरसफाईको महत्वका बारेमा सचेत बनाउँछ’ उनले भने । कार्यक्रमको उद्घाटन गदैं वडा अध्यक्ष एकबहादुर गर्बुजाले विद्यालयले फरक शैलीबाट पुरस्कार सहित सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिएका थिर्ए ।

उनले पुरस्कारको महत्व प्रयोग गर्नु पनि भएकाले भविस्यमा थप अन्य सन्देशमुलक कार्यहरुलाई जोड्न अनुरोध गरेका थिए। कार्यक्रममा कक्षा १० का टेकिन्द्र गर्बुजा, एकता यूवा क्लवका सचिव कृष्ण गर्बुजा, शिक्षक अभिभावक संघकी अध्यक्ष रामकुमारी गर्बुजा, वडा सदस्य सविता बर्देवाले मन्तब्य राखेका थिए । बिब्यस अध्यक्ष दुब बहादुर पुनको अध्यक्षता, कुशकुमारी थजाली, खड्क गर्बुजाको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा साउदी अरवबाट फर्किएका पुर्व विद्यार्थी रुपबहादुर बर्देवाले एक थान कलर प्रिन्टर सहयोग गरेका थिए ।

Leave a Reply