हरेक नागरिकलाई सहज स्वास्थ्यको पहुँच पु¥याउने अभियान अन्तरगत रघुगंगा गाउँपालिका वडा नं १ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।

स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहुन भन्ने उद्देश्यले गाउँपालिकाले उपलब्ध गराएको ७ लाख ७१ हजार बजेटले स्थापना गरिएको इकाईको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष भण्डारीले गाउँपालिकाभित्रका जनतालाई स्वास्थ्य सेवाबाट बन्चित हुन नदिने गरी प्राथमिकताका आधारमा थप योजना सहित अगाडी बढ्ने बताए ।

‘हामीले जनतालाई दिने सुविधामा कुनै कमी हुन दिन्नौ,‘जनताको सेवाका लागि नै घरदैलोमा पुगेका छौ’ भण्डारीले भने।उनले जनप्रतिनिधिको हैसियतबाट प्राप्त सुविधालाई अक्षयकोष स्थापना गरी गरिव र अपाङ्गगता भएक व्यक्तीको स्वास्थ्य विमा समेत गरेको बताए ।

गाउँपालिकको प्रत्येक बस्तीमा खानेपानी र विद्युत सुविद्या आफ्नो कार्यकालमा पु¥याउने बताए गाउँपालिका र वडा कार्यालयको पहलमा स्थापना भएको ईकाईमा स्वास्थ्य परिक्षण, परामर्श र सरकारले दिने निशूल्क औषधी वितरणको सुबिधा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ। ईकाई स्थापना भएपछि बाँदुकका करिब ९० घरदुरी भन्दा घरधुरी लाभान्वित भएका छन् ।

वडा सदस्य रविन्द्र गर्बुजाको अध्यक्षता, जसबहादुर तिलीजाको सञ्चालन र गाउँपालीकाका स्वास्थ्य संयोजक टिका शाहीले सामान्य विरामी हुँदा पनि घण्टौं हिड्नुपर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाले सहज भएको बताए । कार्यक्रममा उपभोक्ता समिति अध्यक्ष भक्तबहादुर शेरपुञ्जाले स्वास्थ्य इकाई स्थापना गर्ने क्रममा अहसयोग गर्ने प्रयास भएपनि इकाईले आफ्नै गाउँघरमा सहज रुपमा स्वास्थ्य सेवा लिए पछि निकै खुशी भएको बताए ।

सामान्य टाउको दुख्दा पनि एक चक्की सिटामोल लिन घण्टौ लामो पैदल हिडेर स्वास्थ्य चौकीसम्म पुग्नु पर्ने बाध्यतासामुदायिक स्वास्थ्य इकाईको स्थापना भएपछि हट्ने बाँदुकबासीको भनाई छ । उक्त उद्घाटन कार्यक्रममा वडा सदस्य बलमान गौचनले समेत बोल्नुभएको थियो उक्तकार्यक्रम समापन भएपछी गाउँपालिका अध्यक्ष भाण्डारीको नेतृत्वमा गएको टोलीले त्यहाँ सञ्चालमा रहेको विकास निमार्ण योजनाहरुको अनुगमन समेत गरेको थियो । अनिल पौडेल

Leave a Reply