रघुगंगा गाँउपालिका-३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ ।  बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा दिपक कार्कीले विद्यालयमा अध्ययन गर्ने ४१ जना विद्यार्थिहरुलाई २० हजार रुपैयाँ बराबरको जाडोको लागि स्वईटर, कपी, कलम वितरण गरेको विद्यालयका प्र.अ महदक्त सुबेदीले बताउनु भयो । कार्यक्रममा बोल्दै दिवांगत कार्की दम्पतिका कान्छा छोरा दिपक कार्कीले बाबा आमाको सम्झनामा आफ्नै गाउँको विद्यलायमा कपी, कलम र न्यानो कपडा वितरण गरेको बताउनु भयो ।उहाँले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा सँगै, व्यवहारीक शिक्षा पनि प्रदान गरिनु पर्ने बताउनु भयो ।विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षता, शिक्षक याम बहादुर केसीको स्वगत मा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रअ सुबेदीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमा विद्यालयको तर्फ देखि अर्ध बार्षिक परिक्षामा भाग लिएर प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण पनि गरीएको थियो । सन्दिप शर्मा

Leave a Reply