म्याग्दीको रघुगंगा गाउँपालिका–६, कोटगाउँ–रायखोर सडक निर्माणकार्य सुरू भएको छ । गाउँपालिकाको गौरबको योजना अन्तरगत ५० लाखको लागत मंगलबार देखि सडक विस्तार सुरु गरिएको हो । गाउँपालिकाको विकट पाखपानीको रायखोर मुलपानी, उल्लेरी क्षेत्र जोड्ने गरी सडक विस्तार सुरु भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए।

पहिलो चरणमा चार किलोमिटरसम्मको सडक विस्तार हुने कोटगाउँ–रायखोर सडक निर्माण समितिले जनाएको छ । सडकखण्डलाई रायखोर हुदै मुलपानी र वडा नं ८ को ध्याँसीखर्क मंगले जोड्ने रिङरोड बनाउने उपभोक्ता समितिका अध्यक्ष रोशन शेरपुञ्जा मगरले बताए।उनका अनुसार सडक सञ्जाललाई नमुना बनाउने गरी गाउँपालिकाको सडक मागदण्ड अनुसार नै विस्तार भइरहेको बताए ।

वडा नं ६ र ८ का बासिन्दा लाभान्वित हुने स्थानीयले बताए । सोही सडक खण्डबाट पर्यटकीय तथा धार्मिकस्थल रिखार क्षेत्रसम्म पुग्न सकिने स्थानीयको भनाई छ । सडकखण्डमा कडा चट्टान भएकाले गाउँपालिकाको बजेटले अपुग हुने भएकाले गण्डकी प्रदेश र संघीय सरकारलाई समेत बजेट माग गर्ने जनाइएको छ।गाउँपालिकालाई पाखापानी र बेगखोला र दग्नामबाट रिङरोड बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

उनका अनुसार भौगोलिक रुपमा विकट तथा चट्टानका कारण सानो बजेटमा सम्भव नभएकाले गाउँपालिकाले प्रदेश र संघीय सरकारलाई समेत बजेट माग गर्ने बताए । उनले सडकसँगै विद्युत लगायतका थप केही योजनाहरु दुईबर्षभित्र नपुगेका सबै बस्तीमा पुग्ने बताए । निर्माणधिन अवस्थामा रहेको सडक अत्यन्त जोखिम भएकाले गाउँपालिकाले वडाका जनप्रतिनिधिलाई अनुगमन सहितको योजनालाई समेत प्राथमिकता दिएको बताए ।

Leave a Reply