---Advertisement---

अस्ताए चिमखोलाका विकासप्रेमी हस्त र नेत्रकुमारी

By -
On: January 30, 2020 8:47 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका हस्त गर्बुजाका बारेमा पूर्व महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले लेखेको स्टाटसले सबैलाई भाबुक बनायो ।

आफ्नो दुख र सुखमा साथ दिनेले छोडेर गएकोे भन्दै मन्त्री थापासँगै बिहिबार सामाजिक सञ्जाल फेसबुकमा ४० वर्षीय गर्बुजा र ३७ वर्षीया श्रीमती नेत्रकुमारीको तस्वीर राखेर दुःखद खबर भन्दै स्टाटस लेखेका छन् । चिमखोला घरभई काठमाण्डौमा बस्ने गर्बुजा दम्पत्तीको मृत्युको खवर सुन्ने वित्तिकै बुधबार राती धेरैले मृत्युको खबर पाएको भए पनि नाम किटेरै फेसबुकमा लेख्न हिम्मत गरेनन् ।

कुनै दुर्घटनामा परेको भन्दै घुमाउरो भाषामा लेखेका अधिकांसले बिहिबार विहान विकासप्रेमी, यूवा नेताको मृत्यु भएको लेखेपछि जन्मगाउँ चिमखोला शोकमा डुवेको छ । महिला तथा ज्येष्ठ नागरिक मन्त्री थापाको सचिवालयमा समेत बसेर काम गरेका गर्बुजाले विकास निर्माण सहित केही महत्वपूर्ण आफ्नो सपनालाई अधुरै छाडेर गएको उनका बारेमा सामाजिक सञ्जालमा पोतिएका अक्षरले प्रष्ट हुन्छ ।

‘आखिर सत्य जतिसुकै तीतो भए पनि हामी सबैले स्वीकार गर्नुपर्यो’ पूर्वमन्त्री थापाले भनिन् । उनले नेकपाको यूवा नेता तथा विभिन्न संघसंस्थामा सक्रिय हस्त र उनको श्रीमतिको मृत्युले पार्टीलाई अपुरणीय क्षती पुगेको बताईन् । उनले आफ्नो जन्मगाउँ चिमखोलाको विकासमा निरन्तर सक्रियतापुर्वक लागेका थिए । केहीबर्ष बैदेशिक रोजगारीमा गएर फर्किएका थिए ।

कसरी भयो घटना ?
ललितपुर–१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखानामा जाने गरेका थिए । जिमखानामा उनी जिम नभई साउनामा बाफ लिने गरेका थिए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे।

६ः२१ बजे दुबै जना साउना छिरे। साउनासँगै बाथरूम पनि छ । सधैँ केहीबेरमै निस्किने मगर लगभग अढाइ घन्टा बित्दा पनि बाहिर आएनन्। श्रीमान–श्रीमती छिरेका हुनाले कर्मचारीले पनि वास्ता गरेनन्। ९ बजेसम्म पनि उनीहरू बाहिर नआएपछि कर्मचारीलाई शंका लाग्यो।

सञ्चालिका जुना बस्नेतसहित कर्मचारीले ढोका फोडे। त्यसबेला ९ः११ बजेको थियो। प्रहरी टोली पुग्दा दुबै जना बेहोस अवस्थामा थिए।साउनासँगै बाथरूममा नुहाउने क्रममा उनीहरू बेहोस भएका थिए। बाफ लिएर नुहाउन पस्दा उनीहरूले तातोपानी प्रयोग गरे। बाथरूममा झ्याल थिएन। ग्यास गिजरजडित धारा थियो। नुहाउँदा दुबैले गिजर चलाएको देखिएको प्रहरीको भनाई छ ।

बाल्टिनमा तातोपानी भेटिएको छ। झ्याल नभएको बाथरूममा गिजर चलाउँदा अक्सिजनको मात्रा कम भएपछि उनीहरू बेहोस भएको आशंका गरिएको छ।

‘अक्सिजन कम भएपछि उनीहरू बेहोस भएका भएको अनुमान गरिएको छ । पाटन अस्पताल ल्याइर्पुयाउँदा दुबैलाई डाक्टरले मृत घोषणा गरेका थिए । साउना सञ्चालकले ग्राहकको सुरक्षामा लापरबाही गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार उक्त साउना भव्य देखिन्छ । करौडौं लगानी गरेर सञ्चालनमा ल्याइएको देखिन्छ। बाथरूममा ग्यास गिजर राखेर नुहाउँदा जान सक्ने भएकाले सचेत हुनुपर्ने प्रहरीको भनाई छ ।

-