म्याग्दीको रघुगंगा गाउपालिकाको सातौ गाउँसभाले विभिन्न योजनाहरु सर्वसम्मतिले पारित गरेको छ। गाउँकार्यपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थिक वर्ष २०७६ र ७७ को छ महिनाको प्रगति विवरण सार्वजनिक गरेका थिए ।

नियमित हिउँदे गाउसभामा चालु आर्थिक वर्षको छ महिनाको वित्तीय, भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा छलफल भएको अध्यक्ष भण्डारीले बताए।

उनका अनुसार विभिन्न कार्यक्रम र शिर्षकमा एकमुष्ठ बिनियोजित बजेटलाई योजना तथा कार्यक्रम छनौट गरेर वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै मावि तह सम्म अध्यायपन गराउने क्षमता भएका तर प्राविमा रहेका विज्ञान, गणित र अंग्रेजी बिषयका शिक्षकहरुलाई मावि तह सम्मको तलब थप गरेर ५ जनालाई निजि स्रोत बाट सञ्चालन भएका विद्यालयमा पठाउने र प्राविमा गाउँपालिकाले शिक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

स्नातक तह उत्र्तिणा भएकालाई अनुभवका आधारमा मावितहका लागि विज्ञापन गरिने छ।गाउँपालिकाभित्र अव सुन्य दरबन्दीका मावि नहुने अध्यक्ष भण्डारीले बताए । उनले दुर्गम क्षेत्रमा विभिन्न ३१ प्रकारका औषधी सहित सामुदायिक इकाई स्थापना सहित दक्ष स्वास्थकर्मी ब्यवस्था गरी बर्थिङ सेन्टर बनाउने बताए। शिक्षा, स्वास्थ्य र विकास निर्माणका अभियानसँगै जनतालाई स्थानीय सरकारको अनुभुति हुने गरी भावि योजना बनाइएको छ ।

गाउँसभामा साउन देखि पुष सम्म ढुङ्गा, गिटी, बालुवाको ठेक्काबाट १८ लाख, सिफारिस, नाता प्रमाणित लगायत प्रशासनिक सेवा शूल्कबाट दश लाख रुपैया राजस्व संकलन भएको प्रशासकीय अधिकृृत रेग्मीले प्रस्तुत गरेका थिए ।गत असारमा भएको छैटौ गाउसभाले बजेट बिनियोजन गरेका ११६ वटा योजनाहरु मध्य पुष सम्म १० वटा सम्पन्न र ३५ वटा चालू अवस्थामा रहेका छन् । पुजिगततर्फ २१ र चालू तर्फ ३५ प्रतिशत वित्तिय प्रगति भएको छ ।

असारको गाउसभाले पूजीगततर्फ ११ करोड ५८ लाख र चालुतर्फ १९ करोड ८३ लाख गरि कुल ३१ करोड ४१ लाख रुपैयाँको बजेट पारित गरेको थियो ।

साउन देखि पुष सम्म ढुङ्गा, गिटी, बालुवाको ठेक्काबाट १८ लाख, सिफारिस, नाता प्रमाणित लगायत प्रशासनिक सेवा शूल्कबाट दश लाख रुपैया राजस्व संकलन भएको छ । कार्यपालिकाको बैठकबाट आकस्मिक खर्चका लागि गरिएका निर्णयको जानकारी र अनुमोदन भएको छ । यसैगरी झि पाखापानी सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारको समपुरक कोषबाट प्राप्त पचास लाख, गाउपालिकाको समपुरक कोषबाट ३५ लाख गरि ८५ लाख बिनियोजन भएको छ ।

त्यस्तै झिँ र पाखापानी जोड्न रघुगंगा जलविद्युत आयोजनालाई गरिएको प्रस्ताव अनुसार केहीमहिनामै उक्त सडक सञ्चालनमा आउने छ । उपाध्यक्ष कमला तिलिजा लगायत गाउँसभाका सदस्यहरुले जनतालाई सन्तुष्ट हुने गरी काम गर्ने बताएका छन् । गाउँसभाले गाउँपालिकाको भवनको डिपिआर,माटो परिक्षण गर्ने तथा प्रदेश, समपुरक र गाउँपालिकाले गरी १ करोडको लागतमा सभहाल बनाउने, वडा नं २ भगवतीको रिवाङ गनाखेतको बीचमा बन्ने एक गाउँपालिका एक औद्योगिक ग्राम बनाउने पहल समेत गरेको छ ।

Leave a Reply