मृगौला खरावी भएपछि उपचारर्थ रघुगंगा गाउँपालिका–४ दग्नामका मेखबहादुर तिलिजालाई ५ लाखभन्दा बढी सहयोग गरिएको छ । एउटा मृगौला पूर्णरुपमा खरावी र अर्कोमा पत्थरीले बिग्रन लागेको अवस्थामा आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका तिलिजालाई उपचारमा स्वदेश तथा विभिन्न देशमा रहेका दग्नामबासीको पहलमा ५ लाख ५ हजार ८५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

आर्थिक अवस्था कमजोर रहेका तिलिजा उपचारमा सहयोग जुटाउन मणिपाल अस्पतालबाट घर फर्किएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि सहयोग अभियानले तिब्रता पाएको थियो । आर्थिक अभावले उपचारबाट बन्चित हुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै दग्नामबासीको पहलमा संकलन भएको आर्थिकले बिग्रिएको एउटा मृगौलालाई सल्यक्रिया गरी फालिएको छ भने अर्कोबाट पत्थरी निकालिएको दग्नामका यूवा मोहन तिलिजाले बताए । ‘यो सहयोगले उपचारमा सहज हुन्छ,‘पैसा नभएर मृत्युबरण गर्नुपदैन भन्ने सन्देश दिन सफल भएका छौ’ तिलिजाले भने।

उनका अनुसार दग्नामबाट यूवाहरुको पहलमा ६१ हजार ४१० रुपैयाँ, मौवाफाँटबाट ३५ हजार ७९५ रुपैयाँ, धनिलाल गर्बुजाको पहलमा बेनीबाट १९ हजार ५ सय, पोखराबाट भिममायाँ पुनको पहलमा ४९ हजार ४१० रुपैयाँ, बुटबलबाट नारायण तिलिजाको पहलमा १ लाख, बहराइनबाट दग्नाम बैदेशिक सहयोग समितिबाट ४८ हजार २१६ रुपैयाँ, हङकङबाट नरमायाँ पाईजाको पहलमा १ लाख २२ हजार ५२२ रुपैयाँ पोर्चुगलबाट खरमायाँ गर्बुजाको पहलमा ३८ हजार ११२ रुपैयाँ, यूकेबाट कुमार गर्बुजार कृष्ण बहादुर गर्बुजाको पहलमा २० हजार ३ सय, जापामा सुमित्रा गर्बुजा र कमल गर्बुजाबाट ५ हजार र कतारबाट तारा थजालीले २५ सय र कुर्दिस्तानबाट २ हजार सहयोग प्राप्त भएको छ ।

यसैबीच सहयोगदातालाई धन्यवाद दिदै पीडित तिलिजाले रोगसँग लड्न जुटेको आर्थिकलाई सदुपयोग गर्ने बताएका छन् । उनले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्राप्त सहयोगले सहज भएको बताए । एक श्रीमति, दुई छोराछोरीलाई कमाई गरेर ज्यान पाल्नुपर्ने अवस्थामा मृगौलामा समस्या देखिएको बताउँदै अव विस्तारै काम गर्न सहज हुने बताए ।

Leave a Reply