म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा नोवेल कोरोना भाइरसबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी पिप्ले उपशाखाको आयोजनमा रघुगंगा माविका विद्यार्थी तथा आसपासका समुदायमा नोवेल कोराना भाइरसका बारेमा सचेतनामुलक कार्यक्रमसँगै बच्ने उपायाका बारेमा जानकारी गराइएको थियो ।

भाइरसको संक्रमणबाट जोगिने र सचेतनामुलक कार्यक्रम सञ्चालन गरी समुदायलाई सुरक्षित गर्ने सन्देश दिन कार्यक्रम गरिएको रघुगंगा विद्यार्थी मञ्च मुक्तिधाम शाखा अध्यक्ष विवेक चन्द ठकुरीले जानकारी दिए । उनका अनुसार रघुगंगा मावि यूवा रेडक्रस सर्कलमार्फत विद्यार्थीलाई आफुँ, परिवार र समुदायलाई सरुवा रोग कोरोना भाइरसका बारेमा सचेत बनाउने अभियानको सुरुवात भएको बताए ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक रमेश सिंह ठकुरी लगायतले विश्वभर महामारीको रुप लिएको भाइरसका बारेमा प्राप्त जानकारी अरुलाई समेत गराउन विद्यार्थीलाई अनुरोध गरेका थिए । १०४ डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्याधिक समस्या, रुघाखोकी यस भाइरसका लक्षण हुने स्वास्थ्यकर्मीको भनाई छ ।

खोक्दा र हाछयँु गर्दा निस्कने थुकबाट एवं संक्रमित मानिसले छुँदा पनि सर्छ सक्ने भएकाले सरसफाइ अपनाउन तथा संक्रमण फैलिनबाट बच्न सकिन्छ भने भिडभाडमा नजनो, नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने एवं रुघा खोकीकोजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्ने सन्देश सहिको प्लेड कार्ड र जानकारीमुलक पर्चा समेत वितरण गरिएको थियो ।

Leave a Reply