म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलमा भ्रमणको सिलसिलामा आएका दुई जना चिनियाँलाई प्रहरीको जिम्मा लगाइएको छ ।

दुई महिना अगाडी नै नेपालमा आएका चिनियाँ नागरिकलाई बेगखोलाको धुबीबोटको एक रेष्टुरेन्टबाट स्थानीयले सम्मानपूर्वक प्रहरीलाई जिम्मा लगाएको स्थानीय पत्रकार दलप्रसाद तिलिजाले बताउनुभयो ।

दुई महिना अगाडी नेपालमा भ्रमणको सिलसिलामा आएका चिनियाँ घुम्दै बेगखोलमा आइपुगेको अवस्थामा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको अवस्थामा स्थानीय गाउँपालिकाले स्वदेश तथा विदेशी पर्यटकलाई गाउँ प्रवेशमा रोक लगाउने निर्णय अनुसार प्रहरीलाई जिम्मा लगाइएको स्थानीयको भनाई छ ।

चिनियाँ नागरिकसँग नेपालमा बस्न मिल्ने गरी अझै ८ दिनको भिजिट भिसाा रहेको छ ।‘गाउँकै होटलमा बस्नुभएको थियो,‘उहाँहरुलाई आवतजावतमा थप समस्या हुने देखेर प्रहरीमार्फत बेनी पठाइएको हो’ वडा सदस्यलाई उद्धित गदैं वडा अध्यक्ष बिलबहादुर फगामीले भन्नुभयो ।

उहाँले बेनीजोमसोम सडकखण्ड अन्तरगत मुस्ताङ तथा बेनीबाट समेत पर्यटकहरु गाउँमा प्रवेश गर्न सक्ने सम्भावनालाई मध्यनजर गरी अर्को सूचना जारी नहुँदासम्म पर्यटकको आगमनलाई रोक लगाइएको बताउनुभयो ।

पर्यटकलाई पाउनाको रुपमा स्वागत गरी सुरक्षा निकायमा जिम्मा लगाउने वडा कार्यालयले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहले समेत स्वदेश तथा विदेशी पर्यटकलाई अलपत्र परेमा सदरमुकाम सम्म लैजाने तर गाउँमा घुम्न जाने नदिने प्रष्ट पारेका छन् ।

Leave a Reply