रघुगंगा गाउँपालिका–१, बेगखोलामा प्रहरीसँगै माईक समातेर एक टोली लस्करै उभिएका छन्। गाउँमा भिडभाड, अनावश्यक काममा घर बाहिर निस्कनेलाई उनीहरुले सम्झाउँछन् । माईकबाट कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि सूचना प्रवाह गदैं दिनभर गाउँका घर–घरमा डुल्छन्।

आइतबारदेखि महिला स्वयंसेविका पुष्पा गबूर्जा सहित ७ जनाले वडाभित्रका विभिन्न बस्तीमा स्वयंमसेवकको भूमिका निर्वाह गरेका छन् । ‘गाउँमा सन्देश प्रवाह गछौं,‘कोरोना भाइरससम्बन्धि जिज्ञासा राख्नेलाई बुझाउँछौ’ स्वंयमसेविका गर्बुजाले भन्नुभयो । सरकारले सुरु गरेको पहिलो चरणको सातदिने लकडाउनको सुरुवातमा देखिएका कमिकमजोरीहरु विस्तारै हट्दै गएको बताउँदै समुहमा भेट्नेलाई सम्झाउने, भिडभाडमा नबस्न अनुरोध गर्ने,सावुनपानीले हात धुन लगाउने, कोरोनाको जोखिमलाई मध्यनजर गरी दैनिक विभिन्न योजना बनाएर अगाडी बढेको गर्बुजाको भनाई छ ।

खेलकुद मैदानमा यूवाहरुको जमात चुनौती बनिरहेको अवस्थामा गाउँपालिकाले हरेक वडामा प्रहरी सहितको स्वयमसेवक परिचालन गर्न निर्णयसँगै जिम्मेबारी पाएकाहरुले बेगखोला भित्रका बस्तीहरुमै पुगेर सचेत बनाइरहेका छन् । बेगसँगै ८ वटै वडामा जनप्रतिनिधिले सघाउने गरी स्वयंमसेवक खटाएर क्वारेन्टाइनदेखि बस्ती–बस्तीमा जनतालाई सरकारको निर्णयसँगै कोरोना भाइरसको जोखिम न्यूनिकरणको अभियानमा सक्रिय बनाएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । ‘स्वंयमसेवकलाई गाउँपालिकाले आवश्यकता अनुसार सहयोग गर्छ,‘समुदायमा उहाँले दिएको योगदानको उचित मुल्याङ्कन हुन्छ’ अध्यक्ष भण्डारीले भन्नुभयो ।

अनावश्यक काममा घर बाहिर जाने, भिडभाड र खेलकुदजन्य गतिविधिमा सहभागी हुने, विदेशबाट आएकाहरुले होम क्वारेन्टाइनमा बस्न आनकानी गर्ने गरेकाले जनप्रतिनिधिहरुसँगै स्वयंमसेवकहरु परिचालन गरिएको बताउनुभयो ।

स्वयंमसेवकलाई दैनिक ८ सय भत्ता, खानाको ब्यवस्था गाउँपालिको गरेको छ । वडाको भूगोल अनुसार स्वयंमसेवक खटाइएकाले उत्कृष्ट काम गर्नेलाई सम्मान समेत गर्ने अध्यक्ष भण्डारीले बताउनुभयो ।

गाउँपालिका भित्र हरेक वडामा निर्मित क्वारेन्टाइनमा ११ जना छन् । चैत्र १ गते यता आएका अन्यलाई जनप्रतिनिधिले सवारीसाधन लिएर घरमा जाने योजना बनाएका छन्।

Leave a Reply