नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँ कमिटीले वडास्तरमा स्वयंसेवक गठन गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई कम गर्नका लागि आवश्यक काममा स्वयंसेवा उपलब्ध गराउने गरी स्वयंसेवक गठन गरिएको हो ।

रघुगंगा–१, बेगखोलामा नरसिं पुन, खिमबहादुर पूर्जा, भविन्द्र शेरपुजा, चुकबहादुर पुन र मिरा फगामी रहेको स्वयंसेवक गठन गरिएको नेकपाले जनाएको छ । यसैगरी रघुगंगा–२, भगवतीमा नरबहादुर भण्डारी, दीपक खत्री, लक्ष्मी कार्की, शिवध्वज कार्की र कुमार भण्डारी (सोमबहादुर) स्वयंसेवकमा रहेका छन् ।

त्यस्तै रघुगंगा गाउँपालिका–३, राखुपिप्लेमा गोविन्द रिजाल, विष्णु भण्डारी, समिर दर्जी, चुनबहादुर शाही (विनोद), तोरणबहादुर कार्की, मुक्तिनाथ सुवेदी र राम विक रहेको नेकपा रघुगंगाका संयोजक दिपक कार्की (बिखर्ची)ले जानकारी दिएका छन् । उनका अनुसार स्वयंसेवकहरुले समुदायमा कोरोना भाइरस विरुद्ध सचेतनामूलक कार्यक्रम गरी सहयोग गर्ने भएका छन् ।

Leave a Reply