म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ५ झिँ र ६ पाखापानीको सिमानामा पर्ने फुलडाँडामा बिहिबारदेखि चेक पोष्ट स्थापना गरिएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकी, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपोष्टमा खटिएको छ ।

चेकपोष्टमा त्यस स्थानभन्दा बाहिर बाट आउनेलाइ चेकजाँच गर्ने र कोरोना भाइरसको बारेमा सचेतना प्रदान गर्ने गरिएको जनस्वयमसेबकको रुपमा खटिनुभएका ठाडाखानीका प्रबिण छन्त्यालले बताउनुभएको छ ।साथै यही चेकपोष्टबाटै रघुगंगाको वडा नं ६ मा आजै देखि बाहिरको जो कोही ब्यक्तीलाई पनि अत्याबश्यक काम बाहेक प्रबेश गर्नु नदिइने उहाँले बताउनुभयो ।

सो टोलीले चैत १६ गते पाखापानी, फुलडाँडा, औल, बुजेप र थिरबाङमा घरदैलो अभियान मार्फत कोरोना संक्रमण र लकडाउनको बारेमा सचेतना प्रदान गरेको छ ।

त्यसै गरि चैत १७ गते घन्टीबाङ, गवानाखर्क, कालोबाङ र ठाडाखानी चैत १८ गते पुतपुत, कोटगाउँ र कालमुडा र चैत १९ गते मुलपानी, रायखोर र उल्लेरीमा घरदैलो अभियान गरि स्थानीयलाइ लकडाउनको पुर्णरुपमा पालन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी घरमै बस्न र नियमित रुपमा साबुन पानीले हात धुन र समुहमा भेला भइ नबस्न समेत अनुरोध गरको पाखापानी प्रहरी चौकीले जनाएको छ ।

यता गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले समुदाय र प्रहरीको वडास्तरमै सञ्चालित गस्तीले रोकथाम अभियान प्रभावकारी बनेको बताउनुभयो ।

उहाँले गाउँपालिकाबासीलाई संक्रमणको जोखिमबाट जोगाउन आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले कोषमार्फत हरेक वडाका बस्तीबस्ती र घरदैलोमै पुगेर सेवा दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । अमित बिश्वकर्मा

Leave a Reply