कोरोना भाइरस (कोभिड–१९)को रोकथामको अभियानलाई सघाउने गरी म्याग्दीको रघुगंगाउपालिले बेनी नगरपालिका-१० पात्लेखेतको सिमानामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसको जोगिमलाई न्यूनिकरणको अभियान अन्तरगत गाउँपालिकाको वडा नं ५ झिको प्रवेशद्वार चुच्चे ढुङ्गामा कक्ष स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले सहायता कक्षलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ । कार्यक्रममा वडा नं. ५ का अध्यक्ष मन बहादुर सेरपुजा, वडा नं. ६ का अध्यक्ष मन कुमार सेरपुजा, वडा नं. ८ का अध्यक्ष गमन छन्त्याल, कार्यपालिका सदस्य रिति थजाली नेपाली काङ्ग्रेस जिल्ला सदस्य केबि भण्डारी स्वास्थ्य संयोजक टिका शाही झि स्वास्थ्य चौकी इन्चार्ज नगेन्द्र जइसवाल, पाखापानी प्रहरी चौकी र स्थानीय युवा क्लब प्रतिनिधिहरुको संयुक्त उपस्थिति रहेको थियो ।

कार्यक्रमा सहायता कक्षमा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको थियो । सहायता कक्ष स्थापना लगत्तै पैदल यात्रीहरुलाई इन्फारेट थर्मोमिटरको सहायताले चेकजाँच गरिने, बेनी नगरपालिका हुदै गाउँ प्रवेशमा कडाई लगायत स्वास्थ्यमा समस्या परेमा उपचार गरिने जनाइएको छ । सहायता कक्षमा शुक्रबारदेखि २ स्वास्थ्यकर्मी र २ सुरक्षाकर्मी लगायत जनप्रतिनिधिहरु समेत उपस्थिति हुने जनाइएको छ। झिँ, पाखापानी प्रवेश गर्ने र बाहिरिने सवारीसाधन तथा पैदल यात्रीहरुलाइ कडाई गरिने जनप्रतिनिधिको भनाई छ । यसअगाडी बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ पिप्लेबाट आवतजावत गर्ने, बेनी–जोमसोम सडकखण्ढमा सहायता कक्ष स्थापना गरिएको थियो ।

Leave a Reply