गएरातीको भिषणबर्षाले जिल्लाको रघुगंगा गाउँपालिकाको ग्रामिण सडक अस्तब्यस्त बनाएको छ । रातभरी लगातारको बर्षाका कारण हिलाम्मे हुँदा पिप्ले–भगवती जोड्ने सडक तथा गाउँभित्रका सहायक सडकहरु अवरुद्ध भएका छन् । पिप्ले–भगवती सडकखण्ड हिलाम्मे भएसँगै आवतजावतमा समस्या भइरहेको छ ।उक्त सडक स्तरोन्नतिको काम भइरहेको अवस्थामा बर्षाले हिलाम्मे भएको पानी पर्दा सडक हिलाम्मे भएर सवारी साधन चलाउन सकिने अवस्था नरहेको स्थानीयको भनाई छ । बर्षासँगै परेको असिनापानीले अन्नबालीमा समेत ठूलो असर गरेको छ । लकडाउनका कारण सडकमा सवारीसाधन कमै चल्ने भएपनि सडकमार्गको प्रयोग गरी आवतजावत गर्नेलाई समस्या भएको स्थानीयले बताए । यता गाउँपालिकाले सडक मर्मत तथा क्षतीको विवरण संकलन गरिरहेको जनाएको छ । लगातार परेको असिनापानीले सबैभन्दा धेरै क्षती रघुगंगा क्षेत्रमा भएको छ । बर्षासँग चट्याङले केही घर चर्किएको छ । भगवती जोड्ने मुख्य बाहेक अन्य सहायक सडक समेत हिलाम्मे भएकै कारण अत्यावसेक साम्रागीहरु समेत जुटाउन समस्या भइरहेको छ। तस्वीर सौजन्य हिमचुली प्रेम

 

Leave a Reply