उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा करेन्ट लागेर दुवै हात गुमाएकी कृशिखा विकको उपचारमा करिब ८ लाख सहयोग जुटेको छ । गत बैशाख ३ गते घर नजिकै रहेको विद्युत ट्रान्सफर्मरमा पर्दा कुमबाटै हात काटेर फालिएपछि उपचारमा आर्थिक समस्याले सताइरहेको अवस्थामा प्रवासमा रहेका पाउद्धारबासीका साथै विभिन्न स्थानबाट उपचारमा उक्त सहयोग संकलन भएको कृशिखाकी फुपु देबी विश्वकर्माले बताईन् ।

‘अझै सहयोगको प्रतिबद्धता आइरहेको छ,‘शिक्षादिक्षासँगै भविस्यका लागी पनि सहयोग आवश्यक छ’ उनले भनिन् । आर्थिक सहयोग गरिमा विकास बैंकको खातामा सोमबारसम्म ६ लाख ८२ हजार ३१६ रुपैयाँ जम्मा भएको अभियानकी बेनी संयोजक दिवा पुनले बताईन् ।

उपचारमा सहयोग गर्नेहरुको विवरण समेत प्राप्त भएको छ । उनले सहयोगले उपचारबाट बचेको रकमलाई कृशिखाको शिक्षादिक्षा, पालनपोषण लगायतमा खर्च गर्ने बताईन् । करेन्ट लागेर दुवैहात गुमाएपछि काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

करेन्टले दुबै हात गुमाएकी अबोध बालिका अहिले अस्पतालमा संघर्ष गरिरहेकी छन् । उपचारका हेलचेक्राई गरिएमा शरीरमा थप असर गर्ने भन्दै चिकित्सकले केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको कृशिखाकी आमा शुसिलाले बताईन्। ‘सहयोगले छोरीको बाँकी जीवनलाई सहज हुने महसुस गरेको छु,‘छोरीले नयाँ जन्म लिन सहयोगले नै सहज भयो’ उनले भनिन् । आर्थिक रुपमा विपन्न शुशिलाका श्रीमान रोजगारको सिलसिलामा खाडी मुलुकमा छन् ।

यो पनि पढ्नुहोला: अस्पतालमा छटपटाइरहेकी अबोध बालिका कृशिखा

Leave a Reply