उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा करेन्ट लागेर दुवै हात गुमाएकी कृशिखा विकको उपचारमा अमेरिकाबाट डेढ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । गत बैशाख ३ गते घर नजिकै रहेको विद्युत ट्रान्सफर्मरमा पर्दा कुमबाटै हात काटेर फालिएपछि उपचारर्थ विकलाई म्याग्दी पुनहिल समाज न्यूर्योग अमेरिकाले १ लाख ३२ हजार ८३१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बालिकाको उपचारमा आर्थिक समस्याले सताइरहेको अवस्थामा बेनीअनलाइनमार्फत जानकारी पाएपछि आर्थिक संकलन गरिएको शिख खिवाङका दुतबहादुर पुनले बताउनुभयो । ‘दुबै हात गुमाएकी बालिकाको समाचारले स्तब्ध बनायो,‘हामीले सानो सहयोग खातामै जम्मा गरेका छौ’ पुनले भन्नुभयो । बालिकाको नाममा गरिमा विकास बैंक बेनी शाखमा खोलिएको खातामा जम्मा गरिएको छ । करेन्ट लागेर दुवैहात गुमाएपछि काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

करेन्टले दुबै हात गुमाएकी अबोध बालिका अहिले अस्पतालमा संघर्ष गरिरहेकी छन् । उपचारका हेलचेक्राई गरिएमा शरीरमा थप असर गर्ने भन्दै चिकित्सकले केही समय अस्पतालमै राखेर उपचार गर्नुपर्ने आफन्तको भनाई छ । बालिकालाई हालसम्म करिब १२ लाखको हाराहारीमा आर्थिक संकलन भएको छ । सहयोगले उपचारबाट बचेको रकमलाई कृशिखाको शिक्षादिक्षा, पालनपोषण लगायतमा खर्च जनाइएको छ ।
सहयोगदाताको विवरण

1. Gyani Purja (Swanta) $50 2. Devi Paija (Pokhara) $50 3. Rasmita Pun (Rima) $30 4. Narjung Thapa (Beni) $25 5. Kusum Gurung (Kathmandu) $25 6. Subarna Pun (Khibang) $50 7. Suresh Garbuja (Histan) $30 8. Doot Buduja (khibang) $65 9. Gyan Purja (Kafal Danda) $55 10. Ram Maya Buduja (Chitre) $70 11. Karna Roka (Arman) $50 12. Yaman Roka (Arman) $50 13. Niru Purja (Doba) $50 14. Priti Maya Pun (Chimkhola) $30 15. Tara Tilija (Dagnam) $50 16. Tanka Chhetri (Baglung) $20 17. Buddhi Paija (Swanta) $50 18. Bijaya Garbuja (Kafal Danda) $51 19. Khem Paija (Swanta) $65 20. Janima Garbuja (Doba) $50 21. Kiran Garbuja (Ram bazar, Pokhara) $50 22. Sushila Pun (Paudwar) $50 23. Junu Garbuja (Ghorepani) $50 24. Yashodha Tilija (Paudwar) $50 Total=1,116.00 USD Payout Amount=132,831.00 NPR

यो पनि पढ्नुहोला: अस्पतालमा छटपटाइरहेकी अबोध बालिका कृशिखा

Leave a Reply