उनलाई दुबै हात गुमेको पनि थाहा छैन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार घर नजिकै विद्युत ट्रान्सफर्मरबाट विद्युत प्रवाह भई अचेत अवस्थामा भेटिएकी कृशिखा विकलाई दुईदिन पछि कीर्तिपुर हस्पिटलमा भर्ना गरिएको थियो । अस्पतालमा प्रवेश गरेको केहीदिनमै दुवै हात गुमाइन् ।उमेरले चारबर्ष नजिक पुगेकी कृशिखाको चारपटकसम्म अप्रेसन गरेपछि अस्पतालको शैयामा काठको ठुटो जस्तै पल्टिईन् । छेउमा सुतेकी आमा शुसिलाले आफुँलाई सम्हालिन सकेकी थिइनन् । धेरै रात उनका आँखा ओभाएनन् । छोरीको भविस्यको चिन्ताले धेरै रात निदाउन सकिनन् ।छोरीको अवस्था अगाडी मध्यरातमा पनि निद्राले प्रवेश पाउन सकेन् । हरेक दिन छोरीले दुबै हात नभएको थाहा पाउँदा कति रुन्छे होली भन्ने सोचेर चिन्तित शुसिलाले दुर्घटनाका एक महिनापछि छोरीको ओठमा मुस्कान देखिन् । छोरीको अवस्था देखेर शुसिलाको अनुहारमा समेत मुस्कान झल्किएको छ ।

अस्पतालमा भर्ना भएको एक महिनापछि जेठ ५ गते अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सोमबार दिउँसो दुई बजे अस्पतालबाट बाहिरिदाँ कृशिखाको अवस्था देखेर चिकित्सक र स्वास्थ्यकर्मी समेत उत्साहित भएका थिए ।

‘छोरीको जिन्दगीमा धेरै उथलपुथल भयो,‘ छोरीको अनुहारमा पुरानै मुस्कान फक्रिएको देख्न चाहन्छु’शुसिलाले भनिन् । एक महिना अस्पताल बसाईमा उनले छोरीको उपचारमा जुटेको सहयोगको भारी बोकेर अस्पतालबाट फर्किएकी छन् । ‘सहयोगी मनबाटै मेरो छोरीले दोस्रो जन्म लिईन्,‘छोरीको हात गुमेपनि हिक्मत गुम्न दिने छैन’ उनले भनिन् । छोरीको दुर्घटनाले असाध्यै गलेको महसुस गरेपनि स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले छोरीको उपचारपछिको शिक्षादिक्षामा समेत सहज हुने बताईन् । ‘आँसु थाम्ने शक्ति मैले सहयोगी हातबाट पाएको छ,‘छोरीको अवस्था देखेर अव आँसु बगाउँदैन्’उनले भनिन् । उनले अनुहारमा निराशा र भय मडारिरहेको अवस्थामा अव खुसीले विस्थापित गर्ने बताईन् । विस्तारै तंग्रिन खोजीरहेकी कृशिखालाई साथ दिन म्याग्देली मात्रै अस्पतालमा पुगेनन् ।

बेनीअनलाइनमा ‘अस्पतालमा छटपटाइरहेकी अबोध बालिका कृशिखा’ भन्ने शीर्षकको समाचार र भिडियो हेरेर देशका विभिन्न जिल्लाबाट काठमाण्डौमा बस्नेहरू समेत लकडाउनमा पैदल, सवारी पास बनाएरै अस्पतालमा पुगेको बालिकाको फुपु देवी विश्वकर्माले बताईन्। उनले उपचारपछि बेनीमा शिक्षा दिने योजना बनाइएको बताईन् ।

File photo: नाचगानमा धेरै रुची भएकी कृशिखाको दुवै हात नभएपनि फुरफुर–फुरफुर नाँच्दै घरआगनमा डुल्ने पुतली जस्तै नाच्ने वातावरण बनाउने परिवारको योजना छ । रोजगारको खोजीमा खाडी राष्ट्र ओमनमा पुगेका बालिकाको बुबा कमलले समेत दुर्घटनापछि छोरीको खुसीमा कमी हुन नदिने भन्दै श्रीमतिलाई हौसला दिइरहेका छन् ।

Leave a Reply