भारतमा अलपत्र परेका १० म्याग्देलीको उद्धार गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नाका बन्द गरेपछि नेपाल–भारतको सिमाना नौतनवामा अलपत्र परेकालाई जिल्ला प्रशासन कार्यालय म्याग्दीको पहलमा उद्धार गरिएको हो।

करिब दुई महिनादेखि सिमा क्षेत्रमा अलपत्र परेका बेनपाका ५, मालिका ४ र अन्नपूर्ण गाउँपालिकाका १ जनालाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘उहाँहरू बेनी आउँदै हुनुहुन्छ,‘एकजना पोखरामै बस्ने कुरा छ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार उद्धार गरिएकालाई बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिने छ । उनीहरु बेनीतर्फ प्रस्तान गरिसकेका छन् । शनिबार विहानसम्म क्वारेन्टाइनमा आइपुग्ने छन् । 

लामो समय भारतीय सिमानामा ठूलो संख्यामा बसेर आएकाले स्थानीय तहसँग समन्वय गरी एउटै क्वारेन्टाइनमा राखिने प्रजिअ ढकालको भनाई छ । यसबीच कञ्चनपुरमा अलपत्र परेका करिब १५ जनालाई समेत ल्याउने तयारी भएकाले बेनीबजारमै अर्को क्वारेन्टानइन बनाउने तयारी भइरहेको कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको छ । यसअगाडी बेनीअनलाइनले सिमा क्षेत्रमा म्याग्देली अलपत्र परेको समाचार प्रकाशित गरेको थियो। उद्धार गरिएकाको नेपालमा प्रवेश लगत्र्तै यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो।

क्वारेन्टाइनमा राखिएपछि स्वाब संकलन गरी पिसिआर रिर्पोटका लागि गण्डकी प्रादेशिक अस्पतालमा पठाइने जनाइएको छ । यसैबीच भारतको डिल्ली गएर फर्किने बेलामा हरिद्धारमा समेत मंगला गाउँपालिका वडा नं ३ र ४ का यूवाहरु अलपत्र परेका छन् । भारतमा रोजगारी तथा घुम्न गएकाहरु भारतको मुम्बई, दिल्ली, राजस्थान लगायत विभिन्न स्थानमा लामो समयदेखि अलपत्र परेका थिए ।

यो पनि पढ्नुहोस् : नेपाल-भारत सिमानामा १० म्याग्देली अलपत्र, उद्धार गरी क्वारेन्टाइनमा राख्न अनुरोध

 

Leave a Reply