कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्लाका ग्रामिण क्षेत्रमा सक्रियता बढेको छ । रघुगंगा गाउँपालिका–४, दग्नाम हुदै प्रवेश गर्ने अपरिचित ब्यक्तिलाई रोक्ने स्थानीय जनप्रतिनिधि, आमा समुह र यूवा क्लवको सक्रियतामा दग्नाम प्रवेशद्धारमा अस्थायी रुपमा गरालो लगाएर बाटो बन्द गरेर अति आवश्यक सवारी साधन बाहेक लकडाउनको समय अवधिसम्म आवतजावतमा कडाई गरेका हुन् ।

‘लकडाउन यता विभिन्न कार्यक्रमहरु गरिरहेका छौ, समुदायलाई थप सुरक्षित बनाउने अभियानमा जुटेका हौ’ वडा अध्यक्ष रुकबहादुर गर्बुजाले भने । उनका अनुसार नाकाबाट अपरिचित वा जिल्ला बाहिरबाट आएको जानकारी पाएमा तत्कालै प्रहरीलाई समेत खवर गरिने छ ।

स्थानीय यूवाहरुले आलोपालो बस्ने, दैनिक गतिविधिका बारेमा समेत जानकारी गराउने गरेका छन् । आवश्यकता परेमा उक्त स्थानमा अस्थायी चेकपोष्ट समेत बनाउने तयारीमा स्थानीय छन् । वडा नं ४ हुदै चिमखोला, कुईनेमंगले क्षेत्रका बासिन्दा आवतजावत गर्ने गरेका छन् ।

गाउँ हुदै प्रवेश गर्नेहरुको जानकारी लिने गरिएको छ । सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) खुकुलो पार्ने योजना बनाइरहेको अवस्थामा जिल्लाका ग्रामिण क्षेत्रमा थप सतर्कतका सुरु भएको छ । जिल्लामा सबैभन्दा कडा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा छ। बाहिरी जिल्लाबाट आउने कामदारलाई समेत स्थानीयले फिर्ता पठाएका छन् ।

तस्वीर सौजन्य धनिलाल गर्बुजा

Leave a Reply